मुक्तिनाथ विकास बैंक र नेपाल मणिपाल शिक्षण अस्पतालबीच सम्झौता
काठमाडौं, ९ मंसिर । मुक्तिनाथ विकास बैंक लिमिटेड र पोखरा, फूलबारी स्थित नेपाल मणिपाल शिक्षण अस्पतालबीच स्वास्थ्य सेवातथाबैंकिङ सुविधामा सहकार्य गर्ने उद्देश्यले समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
उक्त समझदारी अनुसार नेपाल मणिपाल शिक्षण अस्पतालले मुक्तिनाथ विकास बैंककाकर्मचारी तथा बैंकका एटीएम/डेबिट कार्ड र मोबाइल बैंकिङ प्रयोगकर्ताहरूलाई अस्पतालबाट प्रदान गरिने विभिन्न स्वास्थ्य सेवामा विशेष छुट उपलब्ध गराउनेछ । सम्झौताअनुसार अस्पतालको विभिन्न सेवातथा सुविधाहरुमा १० देखि२० प्रतिशत सम्मको छुट उपलब्ध हुनेछ ।
यसैगरी, मुक्तिनाथ विकास बैंकले नेपाल मणिपाल शिक्षण अस्पतालमा कार्यरत कर्मचारी तथाउनीहरूका परिवारका सदस्यहरूलाई न्युनतम ब्याजदरमा प्रोफेशनल लोन, होम लोन, अटो लोन, व्यवसायिक कर्जा तथाअन्य सहुलियतपुर्ण बैंकिङ सुविधा उपलब्ध गराउनेछ ।
यस सहकार्यबाट दुवै संस्थाबीचको संस्थागत सम्बन्धथप सुदृढ हुनुका साथै बैंकका ग्राहक तथा कर्मचारीहरूलाई सहुलियतपूर्ण स्वास्थ्य सेवा र अस्पतालका कर्मचारीहरूलाई सहज, सरल तथा प्राथमिकतायुक्त बैंकिङ सेवा प्राप्त हुने विश्वास बैंकले लिएको छ ।
उक्त समझदारीले स्वास्थ्य सेवा र वित्तीय सेवाबीच सहकार्य विस्तार गर्दै ग्राहक सन्तुष्टि, संस्थागत सम्बन्ध तथा पारस्परिक लाभ अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको छ ।
