Wednesday 25th of November | २०८३ मङ्सिर ९ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

हिमालयन बैंकलाई 'भिजा लिडरसिप कन्क्लेभ' मा दुई अवार्ड

न्यूजअभियान | प्रकाशित मिति : २०८३ मङ्सिर ९ बुधबार |
newsabhiyan

काठमाडौं, ९ मंसिर । हिमालयन बैंक लिमिटेडले भिसाद्वारा आयोजित 'भिजा लिडरसिप कन्क्लेभ' (Visa Leadership Conclave) मा दुईवटा महत्वपूर्ण अवार्ड प्राप्त गरेको छ ।

व्यवसायको सुरुवातदेखि हाल सम्मकै उच्चतम Acquirer रेकर्ड कायम गर्न सफल भएकोमा बैंकले विशेष रूपमा सम्मान सहित “Excellence in Contactless Acquiring” र “Excellence in POS Acquiring Business – Principal Client” गरी दुई विधामा अर्वाड प्राप्त गर्न सफल भएको छ । 

भिसाद्वारा प्रदान गरिएका सो सम्मानले बैंकले डिजिटल भुक्तानी तथा कार्ड कारोबारको क्षेत्रमा हासिल गरेको उपलब्धिलाई थप प्रोत्साहन गर्नुका साथै आगामी दिनमा अझ उत्कृष्ट सेवा   प्रदान गर्न थप ऊर्जा र हौसला प्रदान गरेको बताएको छ । 

हाल बैंकले नेपाल भरी फैलिएका १५७ शाखा कार्यालय, ११ विस्तारित काउन्टर, २७९ ATM,९,००० भन्दा बढी एइक् POS Terminals  र ८,५०० भन्दा बढी विप्रेषण भुक्तानी केन्द्रहरुबाट आफ्ना ग्राहकहरुलाई परिष्कृत बैंकिङ्क सेवा प्रदान गर्दै आएको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan