Wednesday 25th of November | २०८३ मङ्सिर ९ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

काठमाडौँ–धुलिखेलमैत्री पार्क निर्माण सम्झौता

न्यूजअभियान | प्रकाशित मिति : २०८३ मङ्सिर ९ बुधबार |

बनेपा (काभ्रे), ९ मङ्सिरः काठमाडौँ महानगरपालिका र धुलिखेल नगरपालिकाले धुलिखेल क्षेत्रमा पर्यटन प्रवर्द्धन र स्थानीय आर्थिक गतिविधि विस्तार गर्न मैत्री पार्क निर्माण गर्ने प्रतिबद्धता जनाएका छन् ।

सोही सिलसिलामा धुलिखेल नगरपालिका–७ स्थित पार्कलाई थप व्यवस्थित र सुविधासम्पन्न बनाउन दुवै पालिकाबीच सम्झौता भएको छ ।

उक्त सम्झौतापत्रमा काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोल र धुलिखेल नगरपालिकाका कार्यवाहक प्रमुख निराजन जङ्गमबीच मङ्गलबार हस्ताक्षर भएको छ ।

सम्झौतामा उक्त पार्कलाई पारिवारिक मनोरञ्जन तथा विश्रामका लागि आकर्षक गन्तव्यका रूपमा विकास गर्ने योजना रहेको छ । पार्क निर्माणका लागि रु सात करोड बजेट आवश्यक पर्ने पूर्वानुमान गरिएको छ ।

तीन वर्षभित्र आयोजना सम्पन्न गर्ने लक्ष्य राखिएको सम्झौताअनुसार चालु आर्थिक वर्षमा रु एक करोड खर्च गरिने छ ।

पार्क निर्माणले धुलिखेलमा आन्तरिक पर्यटकको आकर्षण बढाउने तथा स्थानीय आर्थिक गतिविधिमा चलायमान बनाउन सहयोग पुग्ने  कार्यवाहक प्रमुख जङ्गमले विश्वास व्यक्त गर्नुभयो ।

उहाँले सम्झौताले दुई नगरपालिकाबीचको संस्थागत सहकार्य र  नागरिकबीचको मैत्रीपूर्ण सम्बन्ध थप प्रगाढ बनाउने विश्वास समेत व्यक्त गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan