अवैध लागूऔषध ब्राउनसुगर सहित तीन जना पक्राउ
काठमाडौं, ८ मंसिर : सुनसरी, इटहरी उपमहानगरपालिका-६ वीरेन्द्रचोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ७ सय ३० मिलिग्राम सहित धरान उपमहानगरपालिका-५ बस्ने २१ वर्षीय आशिष विश्वकर्मालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरीले प्रदेश १-०२-००२ ख ०७९६ नम्बरको बसमा सवार उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
झापा, कनकाई नगरपालिका-३ गोहीखाडीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ३ सय ३० मिलिग्राम सहित सोही नगरपालिका-४ शान्ती टोल बस्ने ३२ वर्षीय अनिल चौधरीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सुरूङ्गाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
दाङ, राप्ती गाउँपालिका-३ मसुरिया बस्ने ३३ वर्षीय पुरन कामीलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ६ सय मिलिग्राम सहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय भालुबाङबाट खटिएको प्रहरीले पुरनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
