Wednesday 18th of November | २०८३ मङ्सिर २ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

देशका पाँच सुकुम्बासीमुक्त पालिकामा जैमिनी पनि

न्यूजअभियान | प्रकाशित मिति : २०८३ मङ्सिर २ बुधबार | रासस

 बागलुङ, २ मङ्सिरः बागलुङको जैमिनी नगरपालिका सुकुम्बासी तथा अव्यवस्थित बसोबास समस्या मुक्त पालिका घोषित भएको छ । भूमि समस्या समाधान समितिले देशभरका पाँच पालिकालाई समस्या मुक्त घोषणा गरेकामा जैमिनी पनि तिनमा परेको हो ।

समितिले मङ्गलबार सार्वजनिक गरेको सूचनाअनुसार समस्या मुक्त घोषित अन्य पालिकामा डोल्पाको काइके गाउँपालिका, सोलुखुम्बुको खुम्बुपासाङल्हामु र महाकुलुङ गाउँपालिका तथा रुकुम पूर्वको भूमे गाउँपालिका हुन् ।

जैमिनी नगरपालिकाले गत वर्ष १८ सुकुम्बासी परिवारलाई घडेरी खरिद गरी घर निर्माण गर्न प्रतिपरिवार रु तीन लाख का दरले रु ५४ लाख  उपलब्ध गराएको थियो । ती परिवारले लालपूर्जासहित घर प्राप्त गरेपछि पालिकामा सुकुम्बासी समस्या नरहेको विवरण समितिलाई पठाइएको नगर उपप्रमुख हरिहर शर्माले राससलाई जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan