सांसद अमरेशकुमारले आजदेखि जनकपुरबाट पदयात्रा
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का संघीय सांसद अमरेशकुमार सिंहले सोमबारदेखि जनकपुरबाट पदयात्रा थालेका छन् ।
मेची–महाकाली पदयात्रामा हिँडेका सांसद सिंहलाई पार्टीका सभापति रवि लामिछानेले जनकपुरको जानकी मन्दिरको प्रांगणबाट बिदाई गरेका हुन् ।
सभापति लामिछानेले सांसद सिंहलाई राष्ट्रिय झन्डा र पार्टीको झन्डा दिएर देशमा शान्ति, सद्भाव र भाइचाराको सन्देश छर्न मेची–महाकाली पदयात्राले सार्थकता प्रदान गर्ने बताएकाछन् ।
सभापति लामिछानेले चुनावका बेला मधेश र पहाडले पार्टी जोडेजस्तै मेची–महाकाली पदयात्राले देश जोड्ने काम गर्ने बताए ।
पदयात्रामा निस्किएका सांसद सिंहले जनकपुरबाट सांकेतिकरुपमा यात्रा थालिए पनि मंगलबार बिहान झापाबाट बिधिवत यात्रा सुरुवात हुने बताए । पदयात्राको मुख्य उदेश्य जनताको कुरा सुन्ने रहेको उनले भनाई छ।


