Friday 13th of November | २०८३ कार्तिक २७ शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

कारले ठक्कर दिँदा एक जनाको मृत्यु

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक २७ शुक्रबार |
newsabhiyan

चितवन, २७ कात्तिकः कारले ठक्कर दिँदा आज एक जनाको मृत्यु भएको छ भने अन्य दुई घाइते भएका छन् । 
    
मृत्यु हुनेमा भरतपुर महानगरपालिका–१५ की ३० वर्षीया पैदलयात्री पार्वती भुजेल रहेकी छन् ।

भरतपुर महानगरपालिका–१६ फुर्तिचोकबाट नाविनचोकतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–०३४ च ९२२१ नम्बरको विद्युतीय कारले आज बिहान पैदलयात्री भुजेललाई ठक्कर दिएको थियो । 
    
ठक्करबाट घाइते भुजेलको उपचारका क्रममा  भरतपुर अस्पतालमा मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक चन्द्रभूषण यादवका अनुसार सोही कारको ठक्करबाट अन्य दुई जना घाइते भएका छन् । 

घाइते दुई जना पैदलयात्रीको चितवन मेडिकल कलेजमा उपचार भइरहेको उहाँले जानकारी दिनुभयो ।  

घाइतेको अवस्था सामान्य रहेको छ । कार र कार चालक प्रहरीको नियन्त्रणमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan