Friday 13th of November | २०८३ कार्तिक २७ शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

भीमफेदी दुर्घटनाका घाइतेको उपचार र मृतकका परिवारलाई क्षतिपूर्ति दिने प्रक्रिया अघि बढ्यो

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक २७ शुक्रबार |
newsabhiyan

काठमाडौं, २७ कात्तिक । मकवानपुरको भीमफेदीस्थित चिसापानीगढीमा भएको सवारी दुर्घटनाका घाइतेको उपचार तथा मृतकका परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउने प्रक्रिया सरकारले अघि बढाएको छ।

दुर्घटनामा ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति उपलब्ध गराउने र घाइतेहरूको उपचारमा आवश्यक व्यवस्था मिलाउने काम अघि बढाइएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।

यस सम्बन्धमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले विज्ञप्ति जारी गर्दै दुर्घटनापीडित परिवारलाई आवश्यक सहयोग उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको जनाएको छ।

काठमाडौंको सर्लाहीको सुन्दरपुरतर्फ जाँदै गरेको सवारीसाधन मकवानपुरको भीमफेदीस्थित चिसापानीगढीमा दुर्घटना हुँदा १० जनाको मृत्यु भएको थियो भने केही यात्रु घाइते भएका थिए।

सरकारले दुर्घटनाका घाइतेको उपचारमा कुनै कमी हुन नदिने तथा मृतकका परिवारलाई आवश्यक राहत र क्षतिपूर्ति उपलब्ध गराउने प्रक्रिया अगाडि बढाएको जनाएको छ। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan