Friday 13th of November | २०८३ कार्तिक २७ शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

गाउँमा शिक्षाको ज्योति फैलाउँदै चन्द्रोदय पुस्तकालय

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक २७ शुक्रबार |

जनकपुर, २७ कात्तिकः विदेह नगरपालिका–८ बफै गाउँको चन्द्रोदय पुस्तकालयले २७ वर्षदेखि ग्रामीण क्षेत्रमा पठन संस्कृति र शैक्षिक चेतना अभिवृद्धि गर्दै शिक्षाको ज्योति फैलाएको छ ।

पुस्तकालयको २७औँ वार्षिकोत्सवका अवसरमा आज आयोजित कार्यक्रममा मधेस प्रदेशसभाका सभामुख रामअशिष यादवले ग्रामीण क्षेत्रमा शिक्षा र चेतनाको विकासमा पुस्तकालयको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो ।

नेपाल विद्युत् प्राधिकरणका निर्देशक सूर्यनारायण मण्डलले आधुनिक प्रविधिको विकाससँगै पुस्तकालयलाई पनि ‘डिजिटाइज’ गर्नुपर्नेमा जोड दिनुभयो । 

पुस्तकालयका संस्थापक अध्यक्ष ठकुप्रसाद साहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल विद्युत् प्राधिकरण कर्मचारी सङ्घका  वरिष्ठ उपाध्यक्ष जगदीश साह, स्थानीय शिक्षक ब्रह्मदेव साहले पठन संस्कृतिबाट युवापुस्ता विमुख भएकामा चिन्ता व्यक्त गर्नुभयो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan