जुवातास खेलिरहेको अवस्थामा २३ जना पक्राउ
काठमाडौं, २७ कात्तिक : भक्तपुर, सूर्यविनायक नगरपालिका-७ गुण्डुबाट जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३४ वर्षीय सुनिल घिमिरे समेत ९ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख ३६ हजार १ सय रूपैयाँ र ६ बुक तास सहित पक्राउ गरेको हो ।
रूकुम पश्चिम, चौरजहारी नगरपालिका-२ स्थित बसपार्कबाट जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका-१ बस्ने ३५ वर्षीय दिपक नेपाली समेत ३ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय रूकुम पश्चिमबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५६ हजार ९ सय ९० रूपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो ।
सुनसरी, धरान उपमहानगरपालिका-११ सेवालुङ चोकबाट जुवातास खेलिरहेको अवस्थामा सोही उपमहानगरपालिका-१६ जोरसखुवा बस्ने ३३ वर्षीय सोम तामाङ समेत ११ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५ लाख ९२ हजार ५ सय रूपैयाँ र १२ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


