Friday 6th of November | २०८३ कार्तिक २० शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

झापामा सशस्त्र प्रहरीद्वारा २३ लाख बढीका पटका नष्ट

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक २० शुक्रबार | (रासस)

भद्रपुर (झापा), २० कात्तिकः सशस्त्र प्रहरी बल नेपाल नं २ गण झापाले करिब रु २३ लाख ५९ हजार बराबरका पटका तथा आतिसबाजीजन्य सामग्री नष्ट गरेको छ ।

गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक सचिन कर्माचार्यका अनुसार तिहार तथा छठ पर्वलाई लक्षित गरी सीमा नाकाबाट अवैध रूपमा भित्र्याएका पटका तथा आतिसबाजीजन्य सामग्री विभिन्न समयमा फरक फरक स्थानबाट नियन्त्रणमा लिइएको थियो । बरामद सामग्री आज गण परिसरमा खाल्डो खनी नष्ट गरिएको उहाँले जानकारी दिनुभयो ।

    चाडपर्वका समयमा यस्ता विष्फोटक पदार्थको प्रयोगबाट आगलागी, मानवीय दुर्घटना, धनजनको क्षति तथा ध्वनि र वातावरणीय प्रदूषण हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै अवैध ओसारपसार तथा बिक्री वितरण नियन्त्रणलाई प्राथमिकतामा राखिएको कर्माचार्यले बताउनुभयो ।

    पटका तथा आतिसबाजीको अनियन्त्रित प्रयोगले विशेषगरी बालबालिका, ज्येष्ठ नागरिक तथा सर्वसाधारणको स्वास्थ्य र सुरक्षामा प्रतिकूल असर पार्नुका साथै आगलागी तथा अन्य दुर्घटनाको जोखिम बढाउने भएकाले यस्ता सामग्री प्रयोग नगर्न उहाँले जिल्लावासीलाई आग्रह गर्नुभयो । बरामद सामग्री स्थानीय जनप्रतिनिधि, जिल्ला प्रशासन कार्यालय, नेपाल प्रहरी तथा सञ्चारकर्मीहरूको रोहवरमा नष्ट गरिएको हो ।

    यसअघि कात्तिक १० गते पनि सशस्त्र प्रहरीले रु तीन लाख १६ हजार ५९० बराबरका पटका बरामद गरी नष्ट गरेको थियो । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan