Tuesday 3rd of November | २०८३ कार्तिक १७ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

'मिस एण्ड मिसेज हेरिटेज २०२६' मा नेपालको प्रतिनिधित्व पुर्णिमा र सुनिताले गर्ने

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक १७ मंगलबार |
newsabhiyan

काठमाडौं । अन्तराष्ट्रिय सौन्दर्य प्रतियोगीता 'मिसेस एन्ड मिस हेरिटेज २०२६' मा नेपालको प्रतिनिधित्व पुर्णिमा शाही ठकुरी र सुनिता आचार्यले गर्ने भएका छन् ।

थाइल्याण्डको बैंककमा यहि २० नोभेम्बरदेखि आयोजना हुने प्रतियोगीतामा पुर्णिमाले मिस र सुनिताले मिसेस तर्फको प्रतिनिधित्व गर्न लागेका हुन् ।

प्रतियोगीताका लागि नेपालको अधिकार प्राप्त संस्था ग्रीन आट्र्स मिडियाले काठमाडौंको बत्तिसपुतली स्थित द स्ट्र्यान्ड लाउन्ज एक कार्यक्रम गर्दै पुर्णिमा र सुनितालाई प्रतियोगीको रुपमा सार्वजनिक गरेको हो ।

कार्यक्रममा मिडियाले २१ वर्षीया पुर्णिमा शाही ठकुरीलाई 'मिस हेरिटेज नेपाल २०२६' र ३३ वर्षीया सुनिता आचार्यलाई 'मिसेस हेरिटेज नेपाल २०२६' को ताज सहित कार्यक्रमका लागि आधिकारिकता प्रदान गरेको हो ।

कर्णाली प्रदेशकी हाल ब्याचलर इन बिजनेस स्टडिज (बीबीएस) अध्ययनरत पुर्णिमाले अन्तराष्ट्रिय प्रतियोगीतामा नेपालको नाम उच्च गरेर फर्किने बताइन् । 

कार्यक्रममा प्रतियोगीताको नेपाल निर्देशन, कोरियोग्राफर तथा पेजेन्ट निर्देशक अनिला श्रेष्ठले प्रतियोगीताका लागि दुबैको मेन्टरसिप मार्फत व्यक्तित्व विकास तथा आत्मविश्वास बढाउन महत्वपूर्ण भूमिका खेल्नेछिन् ।

अन्तर्राष्ट्रिय कोरियोग्राफर रोजिन शाक्य, चर्चित फोटोग्राफर महेश प्रधान, मिस इको इन्टरनेसनल नेपाल २०२६ तथा मिस इको इन्टरनेसनलको टप १० फाइनलिस्ट सेजल राजभण्डारीलगायतको उपस्थिती रहेको कार्यक्रममा ग्रीन आट्र्स मिडिया प्रालिका प्रमुख कार्यकारी अधिकृत प्रबिन प्रसाद लाकौलले दुवै विजेताहरूले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको सांस्कृतिक सम्पदा, सौन्दर्य र प्रतिभा प्रदर्शन गर्दै नेपालको नाम उच्च राख्ने विश्वास व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan