Sunday 18th of October | २०८३ कार्तिक २ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

सुनकोशीमा टाटा सुमो खस्दा तीन जनाको मृत्यु, तीन बेपत्ता

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक २ आइतबार |

सिन्धुली । सिन्धुलीको फिक्कल गाउँपालिका–६ स्थित नागथानमा टाटा सुमो सुनकोशी नदीमा खस्दा तीन जनाको मृत्यु भएको छ भने तीन जना बेपत्ता भएका छन्। दुर्घटनामा परेका चार जनाको उद्धार गरी उपचारका लागि स्थानीय मेडिकल, घुर्मीतर्फ पठाइएको छ।

कार्तिक १ गते बिहान २ः४० बजे काठमाडौंबाट खोटाङतर्फ जाँदै गरेको टाटा सुमो अनियन्त्रित भई सुनकोशी नदीमा खसेको हो। सुमोमा चालकसहित १० जना सवार रहेको प्रारम्भिक विवरणमा उल्लेख छ। दुर्घटनामा तीन जनाको घटनास्थलमै मृत्यु भएको जनाइएको छ।

दुर्घटनाको खबर प्राप्त हुनासाथ बेपत्ताको खोजी तथा उद्धारका लागि सुरक्षाकर्मी परिचालन गरिएको छ। सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन बेस खुर्कोटबाट नौ जना गोताखोरसहित १० जनाको टोली घटनास्थलमा खटिएको छ।

त्यसैगरी, सशस्त्र प्रहरी बलको अस्थायी मनसुन बेस हर्कपुर, ओखलढुंगाबाट १० जना सुरक्षाकर्मी तथा नेपाल प्रहरीको संयुक्त टोली पनि उद्धार कार्यमा परिचालित भएका छन्।
सशस्त्र प्रहरी बल, नेपालका डीएसपी तथा सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार दुर्घटनास्थलमा सुरक्षाकर्मीले खोजी तथा उद्धार कार्य जारी राखेका छन्।
रातिको समयमा भएको दुर्घटनापछि सुनकोशी नदीमा बेपत्ता भएका यात्रुको खोजी कार्य चुनौतीपूर्ण बनेको छ। दुर्घटनाको कारण, मृतक तथा घाइतेको पहिचान र घटनाको विस्तृत विवरण आउन बाँकी छ।
सडकबाट नदीमा सवारीसाधन खस्ने यस्ता दुर्घटनाले रातिको यात्रामा सावधानी, सवारीको गति नियन्त्रण र जोखिमपूर्ण सडकखण्डमा विशेष सतर्कताको आवश्यकतालाई पुनः उजागर गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan