Friday 16th of October | २०८३ असोज ३० शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

साउदी अरबमाथि हुथी हमलाको सुरक्षा परिषद्बाट निन्दा

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज ३० शुक्रबार | रासस/सिन्ह्वा

संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले साउदी अरबमाथि नागरिक उड्डयन र ऊर्जा पूर्वाधारलाई समेत लक्षित गरी भएका हुथी आक्रमणको कडा निन्दा गर्दै यमनमा जारी सैन्य गतिविधि तत्काल रोक्न आग्रह गरेको छ ।

परिषद्का सदस्यहरूले बिहीबार जारी राष्ट्रपतीय वक्तव्यमा साउदी अरबमाथि भइरहेका निरन्तर र बढ्दो आक्रमणको कडा शब्दमा निन्दा गरेका छन् । उनीहरूले लाल सागर र बाब अल मन्डेब जलघाँटीमा व्यापारिक जहाजमाथि भइरहेका आक्रमण तथा धम्कीप्रति पनि गम्भीर चिन्ता व्यक्त गर्दै त्यसको निन्दा गरेका छन् ।

उनीहरूले व्यावसायिक जहाज र तिनका चालक दलका सदस्यको सुरक्षा सुनिश्चित गर्नुपर्नेमा जोड दिँदै समुद्री गतिविधिमा अन्तर्राष्ट्रिय कानूनको पालना गर्न आग्रह गरेका छन् । विशेषगरी समुद्री कानूनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय महासन्धिको सम्मान गर्न तथा समुद्री मार्गमा आवागमनको अधिकार र स्वतन्त्रता कायम राख्नुपर्नेमा उनीहरूले जोड दिएका छन् ।

परिषद्का सदस्यहरूले हुथीहरूलाई यमनमा सैन्य गतिविधि तत्काल रोक्न माग गरेका छन् । हिंसा, जबरजस्ती वा बल प्रयोगबाट यमनमा दिगो शान्ति स्थापना हुन नसक्ने स्पष्ट पार्दै उनीहरूले राजनीतिक समाधानप्रतिको समर्थन पनि दोहो¥याएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan