Friday 16th of October | २०८३ असोज ३० शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

मतदाता सूची विवादमा दिल्लीका पार्क बन्द

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज ३० शुक्रबार | रासस/एएफपी

भारतमा मतदाता सूची संशोधनका क्रममा लाखौँ मतदाताको नाम हटाइएको भन्दै निर्वाचन प्रमुखलाई पदबाट हटाउन मागसहित प्रदर्शनको तयारी भएपछि अधिकारीहरूले शुक्रबार नयाँदिल्लीको सेन्ट्रल पार्क बन्द गरेका छन् ।

    कक्रोच जनता पार्टी (सिजेपी) ले आयोजना गरेको प्रदर्शनमा मतदाता सूची संशोधनबाट प्रधानमन्त्री नरेन्द्र मोदीको सत्तारूढ दललाई फाइदा पुर्‍याइएको आरोप लगाइएको छ । सञ्चारमाध्यमका अनुसार संशोधनका क्रममा १३ करोडभन्दा बढी नाम हटाइएको छ । आलोचकहरूले यसबाट विशेषगरी मुस्लिम समुदाय प्रभावित भएको बताएका छन् । निर्वाचन आयोगले भने दोहोरो, मृतक र नक्कली नाम हटाउन संशोधन गरिएको जनाउँदै अनियमितताको आरोप अस्वीकार गरेको छ ।

    सिजेपीका संस्थापक अभिजीत डिप्केले राष्ट्रिय झण्डा फहराउन खोज्दा आफ्ना दुई सहकर्मी पक्राउ परेपछि समर्थकहरूलाई प्रदर्शनमा सहभागी हुन आह्वान गर्नुभएको थियो । प्रहरीले जन्तर मन्तरमा प्रदर्शनको अनुमति फिर्ता लिएपछि उहाँले सेन्ट्रल पार्कमा र्‍याली गर्ने तयारी गर्नुभएको हो ।

    प्रदर्शनलाई ध्यानमा राख्दै दिल्लीमा हजारौँ सुरक्षाकर्मी परिचालन गरिएको थियो । प्रहरीले कनाट प्लेस क्षेत्रमा सार्वजनिक जमघटमा रोक लगाउँदै आदेश उल्लङ्घन गर्नेलाई कानूनी कारबाही गर्ने जनाएको छ । नगर अधिकारीहरूले भने प्रशासनिक कारण देखाउँदै पार्क दुई दिनका लागि बन्द गरिएको बताएका छन् ।
 
    डिप्केले पक्राउ पर्ने सम्भावना भए पनि प्रदर्शनबाट पछि नहट्ने बताउनुभयो । भारतीय झण्डा फहराएकै कारण जेल जानुपरे पनि आफूहरू तयार रहेको उहाँको भनाइ थियो ।

    यसैबीच, भारतका रक्षामन्त्री राजनाथ सिंहले विपक्षी दलहरूले निर्वाचन सुधारका लागि नभई लोकतान्त्रिक संस्थालाई कमजोर बनाएर देशमा अराजकता फैलाउँदै सत्ता कब्जा गर्न खोजेको आरोप लगाउनुभयो । उहाँले विपक्षीहरूको अभियान देशका युवाको उज्ज्वल भविष्यका लागि समेत नभएको बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan