Thursday 15th of October | २०८३ असोज २९ बिहीबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

गाजामा इजरायली आक्रमणप्रति राष्ट्रसङ्घको चिन्ता

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज २९ बिहीबार | (रासस/सिन्ह्वा)

संयुक्त राष्ट्रसङ्घ, २९ असोज : संयुक्त राष्ट्रसङ्घले कब्जा गरिएको प्यालेस्टिनी क्षेत्रमा नागरिकमाथि इजरायली आक्रमण जारी रहेकामा गहिरो चिन्ता व्यक्त गर्दै नागरिक र पूर्वाधारको सुरक्षा सुनिश्चित गर्न आग्रह गरेको छ ।

मानवीय मामिला समन्वयका लागि संयुक्त राष्ट्रसङ्घीय कार्यालय (ओसिएचए) का अनुसार, मङ्गलबार र बुधबार गाजाका सबै प्रान्तमा, विशेषगरी इजरायली सेनाको नियन्त्रण क्षेत्र छुट्याउन निर्धारण गरिएको सीमारेखाको पश्चिमतर्फ, हवाई आक्रमण, गोलाबारी, विस्फोट तथा गोलीबारीका घटना भएका छन् ।

चिसो र वर्षायाम नजिकिँदै गर्दा राष्ट्रसङ्घ र साझेदार संस्थाहरूले गाजामा इन्धन, त्रिपाल, जाडोका कपडा, औषधि तथा स्वास्थ्य सामग्री पु¥याइरहेका छन् । तर, सीमित आपूर्ति, आर्थिक स्रोतको अभाव र इजरायली प्रतिबन्धका कारण जनताको आवश्यकता पूरा गर्न तथा राहत वितरण गर्न कठिनाइ भइरहेको ओसिएचएले जनाएको छ ।

यसैबीच, कब्जा गरिएको वेस्ट ब्याङ्कको रमल्लाहमा इजरायली सेनाले मङ्गलबार प्यालेस्टिनी नागरिक समाजका संस्थाका कार्यालय र चिकित्सा परिसरमा छापा मारेर कागजात तथा उपकरण जफत गर्नुका साथै केही व्यक्तिलाई हिरासतमा लिएको संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार कार्यालय (ओएचसीएचआर) ले जनाएको छ ।

कार्यालयले सामाजिक सञ्जाल एक्समार्फत प्यालेस्टिनी नागरिक क्षेत्रमाथिको दमन तत्काल रोक्न इजरायली अधिकारीहरूलाई आग्रह गरेको छ ।

यस्ता छापा र मानव अधिकार रक्षकहरूको हिरासतले कब्जा गरिएको प्यालेस्टिनी क्षेत्रमा मानव अधिकारसम्बन्धी काममा नकारात्मक प्रभाव पारिरहेको कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan