Wednesday 14th of October | २०८३ असोज २८ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

माछापुच्छ्रे बैंकको २८ औँ वार्षिक साधारण सभा सम्पन्न

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज २८ बुधबार |
newsabhiyan

काठमाडौं, २८ असोज । माछापुच्छ्रे बैंक लिमिटेडको २८औँं वार्षिक साधारण सभा आज होटल पोखरा ग्राण्ड, पोखरामा सम्पन्न भएको छ । 

उक्त साधारण सभाले बैंकको संस्थापक सेयरधनीहरूको तर्फबाट रोशन के.सी, मुकुन्द महत तथा कृति महतोलाई निर्विरोध निर्वाचित गरेको छ भने सर्वसाधारण सेयर धनिको तर्फबाट विश्व प्रकाश गौतमलाई निर्विरोध निर्वाचित गरेको ।

साथै त्यसपश्चात बसेको बैंक संचालक समितिको बैंठकले बैंक संचालक समितिको अध्यक्ष पदमा आगामी ४ वर्षे कार्यकालका लागि रोशन के.सी.लाई पुनः नियुक्ति गर्ने निणर्य गरेको छ । 

यसका साथै, सोही साधारण सभाले बैंकको आर्थिक बर्ष २०८२/८३ को बार्षिक प्रतिबेदन पारित गर्नुका साथै आर्थिक बर्ष २०८२/८३को खुद मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई चूक्ता पूँजीको६ प्रतिशत लाभांश -कर सहित) वितरण गर्र्र्नेे प्रस्ताव पारित गरेको छ ।

जसमध्ये, चुक्तापूँजीको३ प्रतिशत नगद र ३ प्रतिशत बोनस शेयर गरी जम्मा ६ प्रतिशत -कर सहित) प्रदान गर्ने प्रस्ताव पारित गरेको हो। 

बोनस शेयर वितरण पश्चातबैंकको कुल साधारण चुक्ता पुँजी रु. १२ अर्ब ४५ करोड पुग्नेछ भने अग्राधिकार सेयरसहित बैंकको चुक्ता पुँजी रु. १५ अर्ब ४५ करोड पुग्नेछ। बैंकले गत आर्थिक वर्षमा रु. १ अर्ब ९५ करोड खुद नाफा आर्जन गरी प्रतिशेयर आम्दानी रु. १६ रुपैयाँ १७ पैसा कायम गरेको थियो।

होटल पोखरा ग्राण्ड, पोखरामा सम्पन्न उक्त साधारण सभामा संस्थापक एंव साधारण शेयरधनीहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan