Tuesday 13th of October | २०८३ असोज २७ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

पत्रकार थामीको परिवारलाई आर्थिक सहयोग

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज २७ मंगलबार |

काठमाडौँ, २७ असोज : भोटेकोशी बाढीमा परी बेपत्ता हुनुभएका पत्रकार टेकराज थामीको परिवारलाई आर्थिक सहयोग प्रदान गरिएको छ ।

    नेपाल पत्रकार महासङ्घ, रासस–प्रतिष्ठान शाखाद्वारा राष्ट्रिय समाचार समिति(रासस) को केन्द्रीय कार्यालयमा आज आयोजित कार्यक्रममा स्वर्गीय थामीकी श्रीमती कालिका खड्कालाई विभिन्न प्रतिस्ठानमा कार्यरत पत्रकार एवं राससकर्मीबाट सङ्कलित रकम प्रदान गरिएको हो ।

    त्यस अवसरमा महासङ्घका अध्यक्ष निर्मला शर्मा र रासस प्रतिष्ठानका अध्यक्ष कृष्णप्रसाद सापकोटाले रु दुई लाख ३० हजारको चेक राससकर्मी खड्कालाई हस्तान्तरण गर्नुभयो । 

    कार्यक्रममा अध्यक्ष शर्माले अकल्पनीय विपद्मा परी थामीसहित तीन पत्रकार गुमाउनुपरेको बताउनुभयो । उहाँले थामी इमान्दार र सक्रिय पत्रकार भएको स्मरण गर्नुभयो । भोटेकोशी बाढीमा परी बेपत्ता भएका पत्रकारका परिवारलाई केन्द्रले तत्काल सहयोगका रूपमा रु एक/एक लाख प्रदान गरेको उहाँले जानकारी दिनुभयो ।

    राससका महाप्रबन्धक सन्दीप राईले दुःखको घडीमा एकता र सहयोग प्रदर्शन गरिएकामा रासस शाखालाई धन्यवाद दिँदै शोकलाई शक्तिमा बदल्न पीडित परिवारलाई आग्रह गर्नुभयो । 

    राससका प्रमुख समाचारदाता एकराज पाठकले रासस परिवारका एक सदस्य गुम्नु आफूहरूको पनि परिवारको सदस्य गुम्नु भएको सन्दर्भ उल्लेख गर्दै आफन्त गुमाएर पीरव्यथामा बाँचेकाहरूले आ–आफ्नो जीवन अगाडि बढाउनुपर्ने नियती भएको बताउनुभयो ।

    महासङ्घको प्रतिष्ठान प्रदेशका उपाध्यक्ष एवं शाखाका पूर्वअध्यक्ष पवित्रा गुरागाईंले विपद्को समयमा आफूहरू एकजुट हुन सक्छौँ भन्ने सन्देश राससकर्मीले दिएको बताउनुभयो ।

    संयुक्त राज्य अमेरिकाको वासिङ्टन डिसीस्थित राससका समाचारदाता मधुकर अधिकारीले दुःखको समयमा आफूहरू जहाँ रहेर पनि साथमा रहँदै आएको बताउनुभयो ।

    शाखाका अध्यक्ष सापकोटाले दुःखको समयमा सामूहिकता प्रदर्शन गर्न सहयोगको आह्वान गरिएको र छोटो समयमा सबैबाट ऐक्यबद्धता प्राप्त भएको जानकारी दिनुभयो ।

    गत भदौ १० गते विनासकारी बाढीमा बेपत्ता हुनुभएका नयाँ पत्रिका दैनिकका पत्रकार थामीको यही असोज ३ गते कुशको शव बनाएर अन्त्येष्टि गरिएको थियो ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan