Tuesday 13th of October | २०८३ असोज २७ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

धनकुटामा २० व्यक्तिबाट रक्तदान

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज २७ मंगलबार | (रासस)

धनकुटा, २७ असोज  :  धनकुटामा २० व्यक्तिले रक्तदान गर्नुभएको छ । ७१औँ प्रहरी दिवसको अवसरमा रक्तदान गरिएको हो । जिल्ला प्रहरी कार्यालय धनकुटाको प्राङ्गणमा आज बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान रक्तसञ्चार शाखासँगको सहकार्यमा रक्तदान भएको हो । 

‘विपद्मा सारथी, सङ्कटमा छहरी, प्रविधियुक्त नेपाल प्रहरी’ भन्ने मूल नाराका साथ आयोजित कार्यक्रममा जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी नायब उपरीक्षक हेमन्त भण्डारी क्षेत्रीले ब्लड ब्याग हस्तान्तरण गर्दै कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । प्रहरी दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रमले सामाजिक उत्तरदायित्व निर्वाह गर्नुका साथै आवश्यकतामा रहेका बिरामीका लागि रगतको उपलब्धतामा सहयोग पुग्ने अपेक्षा गरिएको प्रहरी नायब उपरीक्षक भण्डारीले जानकारी दिनुभयो । सङ्कलित रगत  रक्तसञ्चार केन्द्र, धनकुटामा राखिने भएको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan