Tuesday 13th of October | २०८३ असोज २७ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

पनामामा भूकम्पपछि आपत्काल घोषणा

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज २७ मंगलबार | (रासस/एएनआई)

पनामा सिटी, २७ असोज : शक्तिशाली भूकम्पबाट घर, विद्यालय, अस्पताल, सडक तथा सार्वजनिक भवनमा क्षति पुगेपछि पनामाले राहत तथा उद्धार कार्यलाई व्यवस्थित बनाउन आपत्काल घोषणा गरेको छ ।

यसैबीच, मङ्गलबार बिहान पनामामा ६.१ म्याग्निच्युडको अर्को भूकम्प गएको नेसनल सेन्टर फर सिस्मोलोजी (एनसीएस) ले जनाएको छ ।

यसअघि शुक्रबार ७.७ म्याग्निच्युडको भूकम्प गएको थियो । त्यसपछि १४७ वटा परकम्प आएका थिए र तीमध्ये केही ६.१ र ६.६ म्याग्निच्युडसम्मका थिए । भूकम्पको केन्द्र लस सान्टोस प्रान्तको टोनोसीबाट करिब ३९ किलोमिटर उत्तरपश्चिममा रहेको थियो ।

सबैभन्दा बढी क्षति दक्षिणी तटीय क्षेत्रको कोक्ले प्रान्तमा भएको छ भने पनामा सहरमा पनि क्षति पुगेको छ । प्रारम्भिक विवरणमा केही मानिस सामान्य घाइते भएको जनाइएको थियो ।

राष्ट्रपति जोस राउल मुलिनोले राहत कार्य समन्वय गर्न, स्रोतसाधन व्यवस्थापन गर्न र प्रभावित समुदायका आवश्यकता सम्बोधन गर्न आयोग गठन गर्न निर्देशन दिनुभएको छ ।

सरकारले चन्दा सङ्कलन केन्द्र स्थापना गर्नुका साथै प्रभावित क्षेत्रका अस्पतालमा बिरामीलाई बाहिर निकालेर उपचारको व्यवस्था गरेको छ ।

भूकम्पपछि दुई मेट्रो लाइनको सेवा स्थगित गरिएको थियो भने देशको मुख्य अन्तर्राष्ट्रिय विमानस्थल सावधानीका लागि अस्थायी रूपमा बन्द गरी पछि पुनः सञ्चालनमा ल्याइएको थियो ।

अमेरिकी दूतावासले मध्य तथा दक्षिण अमेरिकाका नौ देशमा परकम्प र सुनामीको सम्भावित जोखिमबारे चेतावनी दिएको थियो । अमेरिकी सुनामी चेतावनी प्रणालीले पछि खतरा नरहेको जनाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan