Sunday 11th of October | २०८३ असोज २५ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

तनहुँमा दुई हजार २२० मतदाताको नामावली हटाइयो

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज २५ आइतबार | (रासस)

दमौली (तनहुँ), २५ असोजः जिल्ला निर्वाचन कार्यालय तनहुँले दुई हजार २२० मतदाता नामावली हटाएको छ । दोहोरो नामावली भएकाहरूलाई कार्यालयले मतदाता नामावलीबाट हटाउने निर्णय गरेको हो । 

    कार्यालयले मतदाता नामावली दोहोरिएकाहरूको नामावली अद्यावधिक गरेको जिल्ला निर्वाचन अधिकारी विकास लम्सालले जानकारी दिनुभयो । जिल्लास्थित भानु, शुक्लागण्डकी, व्यास र भिमाद नगरपालिका तथा ऋषिङ, आँबुखैरेनी, बन्दीपुर, घिरिङ, म्याग्दे र देवघाट गाउँपालिकाका दोहोरो मतदाता नामावली हटाइएको उहाँले बताउनुभयो । 

    गत फागुनमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा तनहुँमा दुई लाख ५४ हजार ३९७ मतदाता कायम भएको थियो ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan