Sunday 11th of October | २०८३ असोज २५ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

नवरात्र प्रारम्भः खुल्यो त्रिशूली मन्दिर

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज २५ आइतबार |

महोत्तरी, २५ असोजः शारदीय नवरात्र प्रारम्भसँगै जलेश्वरस्थित त्रिशूली देवीको मन्दिर सर्वसाधारणका लागि खुला गरिएको छ । यो मन्दिर शारदीय र वासन्तीय नवरात्रमा मात्र खोलिने परम्परा छ ।

मन्दिरमा शास्त्रोक्त विधिले आज घटस्थापना गरिने र विजया दशमीसम्म यो मन्दिर खुला रहने छ । शारदीय नवरात्रमा १० दिन खोलिए पनि चैत शुक्लपक्षको वासन्ती नवरात्रमा भने प्रतिपदादेखि नवमीको मध्यरातसम्ममात्र खोलिने गरेको जलेश्वरनाथ महादेव मन्दिरका मुख्य पुजारी उपेन्द्र पाठकले राससलाई बताउनुभयो । 

जलेश्वरनाथ शिवलिङ्गसँगै त्रिशूली देवी स्थापना भएको जनविश्वास छ । नवरात्रभर त्रिशूली देवीको नित्य पूजाअर्चना जलेश्वरनाथ महादेव मन्दिरका पुजारीबाटै हुँदै आएको छ ।

त्रिशूली देवीको दर्शनका लागि महोत्तरीसहित मिथिला क्षेत्रका धनुषा, सर्लाही , सिरहा र छिमेकी मुलुक भारतका सीतामढी, मधुवनी, शिवहर र झञ्झारपुर जिल्लासम्मका श्रद्धालु आउने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan