Saturday 10th of October | २०८३ असोज २४ शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

मध्य फिलिपिन्समा पहिरोले घर पुर्दा तीन जनाको मृत्यु, एक जना घाइते

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज २४ शनिबार | रासस/सिन्ह्वा

मध्य फिलिपिन्सको सेबु सहरस्थित एक दुर्गम गाउँमा पहिरोले घर पुर्दा एकै परिवारका तीन जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । स्थानीय सञ्चारमाध्यमले शनिबार जनाएअनुसार घटना शुक्रबार भएको हो ।

    पहिरोमा घर पुरिएपछि उद्धारकर्मीहरूले भग्नावशेषबाट चार जनालाई बाहिर निकालेका थिए । उद्धार गरिएकामध्ये एक हजुरआमा र एक बच्चाको घटनास्थलमै मृत्यु भएको थियो । अर्का एक बच्चालाई उपचारका लागि अस्पताल लगिए पनि चिकित्सकहरूले बचाउन सकेनन् ।

    मृतक दुई बच्चाकी आमालाई भने जीवितै उद्धार गरिएको थियो । उनी घाइते भएकी छन् ।

    प्रत्यक्षदर्शीहरूका अनुसार परिवारका सदस्यहरू शुक्रबार दिउँसो खाना खाइरहेका बेला घरपछाडि केही मिटरको दूरीमा रहेको पहाडको भिरालो भागबाट माटो खसेको थियो । पहिरो खस्न थालेपछि परिवारका सदस्यहरूले भाग्ने प्रयास गरे पनि उनीहरू माटोको चपेटामा परेका थिए ।

    पहिरोले उक्त क्षेत्रमा दुईवटा घर पूर्ण रूपमा ध्वस्त पारेको छ । घटनापछि जोखिममा रहेका अन्य २९ घरका बासिन्दाहरू पनि आफ्नो घर छाडेर सुरक्षित स्थानमा जान बाध्य भएका छन् ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan