Monday 21st of September | २०८३ असोज ५ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

एचएचसीए र विल्सन विजयी

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज ५ सोमबार |

एचएचसीए र विल्सन एकेडेमीले जोन डेवी कप अन्तरविद्यालय बास्केटबल तथा फुटसल प्रतियोगिताअन्तर्गत ब्वाइज बास्केटबलमा सोमबार जित हात पारेका छन् ।

एचएचसीएले आयोजक जोन डेवीलाई ५१–३८ ले पराजित ग¥यो । एचएचसीएको जितमा गणेश मगरले १२ अंक योगदान गरे । रेहान डंगोलको १८ अंक सहयोगमा विल्सनले एभरेष्टलाई ४७–३३ ले हरायो ।
न्युटनले मिल्सबेरीलाई ६०–४३ तथा मातृभूमिले जेभियरलाई ६४–४७ ले पाखा लगाए । न्युटनका सविन राईले २१ तथा मातृभूमिका आभास राउतले १६ अंक बटुले ।

गल्र्समा मातृभूमिले मिल्सबेरीलाई ४४–३२, न्युटनले द एक्सेल्सियर स्कुललाई २६–१६, ल्यान्डमार्क एकेडेमीले युरो स्कुल, छाउनीलाई २१–१२, सत्य साइले हिमरश्मिलाई २४–१६ र डिफेन्डिङ च्याम्पियन बौद्ध चिल्डे«न हेभेनले राई स्कुललाई २२–१२ ले पन्छाए । मातृभूमिकी समाइराह श्रेष्ठले १३, न्युटनकी आईरीन रानाले २१, ल्यान्डमार्ककी प्रतीक्षा राईले ९, सत्य साइकी मिस्टी श्रेष्ठले ८ र बौद्धकी जस्मिन गुरुङले ७ स्कोर गरे ।
फुटसल ः जोन डेवी र काष्ठमण्डप क्वाटरफाइनलमा

प्रतियोगिताअन्तर्गत यु–१२ ब्वाइज फुटसलमा आयोजक जोन डेवी ‘ए’ र काष्ठमण्डप विद्यालय क्वाटरफाइनला प्रवेश गरेका छन् ।

समूह चरणको पहिलो खेलमा जोन डेवी ‘ए’ ले बृहस्पति विद्या सदनलाई १–० गोलले पराजित ग¥यो । प्रणाम भण्डारीले निर्णायक गोल गरे । अर्को खेलमा जोन डेवी ‘ए’ ले श्रृष्टि एकेडेमीलाई ४–१ गोलले हरायो । विजेताका प्रणाम भण्डारीले २ तथा रेनभकुमार मल्ल र शुभवीर ब्लोनले समान १–१ गोल गरे । श्रृष्टिका संस्कार मैनालीले सान्त्वना गोल गरे ।

काष्ठमण्डपले एआईएलाई १–० गोलले पाखा लगायो । अधिराज श्रेष्ठले निर्णायक गोल गरे । अर्कोमा काष्ठमण्डपले लाइफ स्कुललाई ४–१ ले पन्छायो । काष्ठमण्डपका रुक्म, सायन, सिद्धान्त र युयुधनले गोल गरे । लाइफका अस्टिनले १ गोल फर्काए । त्यसअघि काष्ठमण्डपले एनबीएफएमाथि ३–० को जित दर्ता गरेको थियो ।

सोही स्पर्धामा राई स्कुल, चेल्सी वल्र्ड स्कुल, डाफोडिल, द एक्सेल्सियर स्कुल, लाइफ र बृहस्पति विद्या सदनले सफलता पाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan