Monday 21st of September | २०८३ असोज ५ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

भेनेजुएलाका अन्तरिम नेता संयुक्त राष्ट्रसङ्घीय महासभामा सहभागी हुन अमेरिकामा

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज ५ सोमबार | (रासस/एएफपी)

भेनेजुएलाका अन्तरिम नेता डेल्सी रोड्रिगेज संयुक्त राष्ट्रसङ्घीय महासभाका लागि संयुक्त राज्य अमेरिकाको न्यूयोर्कमा  पुग्नुभएको सोमबार सामाजिक सञ्जालमा पोस्ट गरी जानकारी गराउनुभएको छ। 

रोड्रिगेजको उपस्थिति पूर्व राष्ट्रपति निकोलस मादुरोको सन् २०१८ को सम्बोधनपछि भेनेजुएलाका राष्ट्रप्रमुखको रूपमा पहिलो सहभागिता हो । 

मादुरो जनवरीमा अमेरिकी सैन्य छापामा पक्राउ पर्नुभएको थियो र हाल न्यूयोर्कको सङ्घीय जेलमा रहनुभएको छ । उहाँविरूद्ध लागूऔषध तस्करी र अन्य आरोपहरूमा मुद्दाको सुनुवाईको प्रतीक्षा भइरहेको छ । 

“हामी अमेरिकी राष्ट्रहरू एकतासहित अघि बढ्ने विश्वास गर्ने जनताको दृढ आकाङ्क्षा र आशासहित न्यूयोर्क आइपुगेका छौँ,” रोड्रिगेजले एक्समा गरेको पोस्टमा लेख्नुभएको छ । 

“संयुक्त राष्ट्रसङ्घको ८१ औँ महासभामा भेनेजुएला सम्मान, सहयोग र समझदारीमा आधारित काय गर्र्ने एजेन्डासहित आफ्नो आवाज सुनाउन र आफ्ना सिद्धान्तहरूको रक्षा गर्न उपस्थित हुनेछ,” उहाँले यसअघि गरेको फोष्टमा उल्लेख छ । 

रोड्रिगेज मादुरोको सहयोगीका रूपमा भेनेजुएलाकी उपराष्ट्रपति रहनुभएको थियो तर अहिले उहाँ अमेरिकी राष्ट्रपति ट्रम्पका मागहरूमा सहयोग गरेको देख्न सकिन्छ । यो मादुरोलाई नियन्त्रणमा लिएपछि भेनेजुयालाले भोगेको व्यापक दावावको परिणाम पनि हुन सक्छ । अमेरिकी दवावमा नै विश्वको सबैभन्दा ठूलो र भेनेजुएलाको विशाल तेल भण्डार मा अमेरिकी पहुँच दिनु पनि रहेको छ । 

हालैको सम्झौताअन्तर्गत, दुई देशले संयुक्त राज्य अमेरिकालाई भेनेजुएलाका भण्डारको करिब पाँच भागको एक भाग नियन्त्रण दिइने घोषणा गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan