नाइजेरियाको लेगोसमा एनआरएनए नाइजेरियासहितको सहकार्यमा रक्तदान कार्यक्रम
लेगोस, नाइजेरिया ।
नाइजेरियाको लेगोसमा गैरआवासीय नेपाली संघ (एनआरएनए) नाइजेरियासहित विभिन्न संस्थाको सहकार्यमा आयोजित रक्तदान कार्यक्रममा १०० जनाभन्दा बढीले रक्तदान गरेका छन्।
रोटरी क्लब अफ लेगोस पाम ग्रुभको संयोजन तथा भारतीय महावाणिज्यदूतावास, लेगोसको विशेष सहयोगमा कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममा एनआरएनए नाइजेरिया, महाराष्ट्र मण्डल नाइजेरिया र तेलुगु एसोसिएसन नाइजेरियाले सहकार्य गरेका थिए।कार्यक्रममा नेपाली समुदायका तर्फबाट पनि उल्लेख्य सहभागिता रहेको थियो।
रक्तदान गर्ने नेपाली रक्तदाताहरूमा हिक्मत थापा, सोमेश अर्याल, विदुर घिमिरे, त्रिभुवन झा, भरत रिजाल, खुश्बु घिमिरे, प्रेम रोका, जनक बिष्ट, सञ्जय दास, क्याप्टेन मनिष थापा, सुरज गिरी, सरोज सोनु, भीम थापा र राजु धिताललगायत रहेका थिए।
रक्तदान कार्यक्रमले नाइजेरियन र आप्रवासी समुदायबीचको सहकार्य र मानवीय सेवाको भावनालाई थप बलियो बनाउने आयोजकहरूले बताएका छन्।

