Sunday 20th of September | २०८३ असोज ४ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

भोटेकोशी बाढीः कुशको शव बनाएर पातारासीका १० जनाको सामुहिक अन्त्येष्टि

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज ४ आइतबार |

जुम्ला, ४ असोजः रसुवाको भोटेकोशी बाढीमा परी बेपत्ता भएका जुम्लाको पातारासी गाउँपालिका-५ का १० जनाको कुशको शव बनाएर सामुहिक रूपमा अन्त्येष्टि गरिएको छ । पातारासी नदीको किनारमा १० जनाको सामुहिक दाहसंस्कार गरिएको गाउँपालिका उपाध्यक्ष जनमाया रोकायाले बताउनुभयो ।

    रसुवास्थित हाँकुबेँसी हाइड्रोपावरमा लामो समयदेखि काम गर्दै आएका पातारासीका स्थानीय गत भदौ १० को बाढीमा परी बेपत्ता भएका उपाध्यक्ष रोकायाले उल्लेख गर्नुभयो । उहाँका अनुसार पातारासीका मात्रै ४९ जना सम्पर्कविहीन भएका छन् । 

    पातारासी गाउँपालिका-५ स्थित माथिलोर्पा गाउँका १० जनाको शनिबार दाहसंस्कार गरिएको छ । तलीलोर्पा गाउँका दुई जनाको आज दाहसंस्कार गरिएको उक्त वडाका स्थानीय अगुवा भक्त बुढाले बताउनुभयो । 

    भोटेकोशी बाढीले पुर्‍याएको क्षतिले पातारासीपूरै शोकमा डुबेको छ । बाढी आएको यतिका दिन भइसक्दा पनि आफन्तको कुनै खबर परिवारले नपाएपछि अन्ततः शवको प्रतिकका रूपमा कुशको आकृति बनाएर अन्तिम संस्कार गरिएको पातारासी-५ का स्थानीय कृष्ण बुढाले बताउनुभयो । 

    प्रमुख जिल्ला अधिकारी तेजप्रकाश प्रसाईंले बेपत्ताको खोजी जारी रहेपनि लामो समयसम्म कुनै खबर नआउँदा परिवारजन निराश र पीडामा रहेका बताउनुभयो । भोटेकोशी नदीमा गएको बाढीमा परी जुम्लाका ९३ सम्पर्कविहीन भएकामा हालसम्म ३० जना सम्पर्कमा आएका छन् । बाँकी ६३ जना अझै सम्पर्कविहीन रहेका उहाँले जानकारी दिनुभयो ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan