Thursday 30th of July | २०८३ श्रावण १४ बिहीबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

दिग्गज गायक–संगीतकार बप्पी लाहिरीको निधन

न्यूजअभियान | प्रकाशित मिति : २०७८ फाल्गुण ४ बुधबार | (रासस/एएनआई)
newsabhiyan

मुम्बई, महाराष्ट्र, ४  फागुन । दिग्गज गायक–संगीतकार बप्पी लाहिरी मंगलबार राति निधन भएको छ ।  

प्रयाख्त अभिनेत्री र राजनीतिज्ञ हेमा मालिनीले उहाँको निधनमा ट्विटरमर्फत शोक व्यक्त गर्नु भएको छ ।

मंगलबार राति ११ः४५ मा निधन भएका चर्चित गायक तथा संगीतकार बप्पी लाहिरीप्रति राजनीतिक क्षेत्रका नेताहरुले भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन् । 

बप्पी लाहिरीलाई बप्पी दा भनेर चिनिन्थ्यो । उहाँ डिस्को संगीतको लागि प्रख्यात हुनुहुन्थ्यो ।

बप्पी लाहिरीको ६९ वर्षको उमेरमा हिजो राति मुम्बईको एक अस्पतालमा निधन भएको थियो ।

पश्चिम बंगालका गभर्नर जगदीप धनखरले बप्पी दाको मनमोहक सांगीतिक रचनाहरू सबैले मन पराएका बताउनु भएको छ ।

“दुःखको खबर – प्रसिद्ध संगीतकार बप्पी लाहिरीजी अब रहनु भएन ।

पश्चिम बंगालको जलपाईगुडीमा जन्मनुभएका बप्पी दाको सङ्गीतले सम्पूर्ण फ्यानहरूलाई छक्क पारेको थियो ।

उहाँलाई सबै उमेरका मानिसहरूले मन पराउने मंत्रमुग्ध सांगीतिक रचनाहरूको लागि सम्झिरहनेछ ।

परिवारजनमा समवेदना र ओम शान्ति ओम,“ उहाँले ट्वीट गर्नु भएको छ । 

विभिन्न स्वास्थ्य समस्याका कारण एक महिनादेखि अस्पतालमा भर्ना हुनु भएका बप्पी दाको ‘स्लीप एपनिया’ का कारण उनको निधन भएको बताइएको छ ।

‘डिस्को किङ’ बप्पी दाको बिहीबार अन्त्येष्टि गरिने जनाइएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan