Thursday 30th of July | २०८३ श्रावण १४ बिहीबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

बलिउडकी चर्चित गायिका असीस नेपालमा

न्यूजअभियान | प्रकाशित मिति : २०७८ पौष २३ शुक्रबार |
newsabhiyan

काठमाडौँ । बलिउडकी चर्चित गायिका असीस कौर नेपाल आएकी छन् ।

शनिबार दरबारमार्गमा रहेको क्लब प्लेटिनममा आयोजना हुने ‘राता लम्बिया नाइट वीथ आसीस कौर’ कन्सर्टका लागि उनी नेपाल आएकी हुन् ।

फेलिज इन्टरनेशनल इभेन्टले आयोजना गरेको कन्सर्टमा उनले आफ्नो चर्चित गीत ‘राता लम्बिया’, ‘भे माही’, ‘बन्देया रे बन्देया’ र ‘तेरे बिन’, ‘आख लड जावे’ लगायत मार्फत दर्शक नचाउनेछिन् ।

नेपाली दर्शकको बलिउड सेलिब्रेटी भेट्ने र सँगैनाच्ने चाँहना पुरा गर्न कार्यक्रम आयोजना गरिएको आयोजक संस्थाका सिइयो शाहिल खानले बताए ।

‘विश्वमा नेपालमा कोरोना कहर नभएको सन्देश कार्यक्रमले दिनेछ’ खानले भने ‘कौरको ‘राता लम्बिया’ गीत अहिले ब्यापक हिट भएको र बजारको माहोल हेरेर उनलाई ल्याउन लागेको हो ।’ 

कार्यक्रममा आसीस कौरका अलवा नेपाली गायक याबेश थापाको समेत धमाकेदार प्रस्तुति रहनेछ । आसीस कौरको पछिल्लो समय ‘राता लम्बिया’ गीत निकै हिट छ ।

कौरले इन्डियन आइडल, आवाज पंजाब दी लगायतका विभिन्न गायन रियालिटी शोमा समेत भाग लिएकी थिइन् ।

पाँच वर्षको हुँदादेखि नै गायन क्षेत्रमा लागेकी कौरले ‘तमाचे’ फिल्मको ‘दिलदारा रिप्राइज’ मार्फत् बलिउडमा डेब्यू गरेकी थिइन् ।

त्यसयता उनले बलिउडका थुप्रै फिल्मको गीतमा आफ्नो आवाज दिइसकेकी छिन् । २०२१ को फिल्म फेयर अवार्डमा समेत उनले हात पारेकी थिइन् ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan