क कसले पाए ‘ओस्कर’ अवार्ड ?
लस एञ्जलस् । हलिउड अभिनेता लियानार्दो डि काप्रियोले ८८ औं (द एकेडेमी अफ मोसन पिक्चर्स आर्ट एन्ड साईन्सेज) ‘ओस्कर’ अवार्डमा बाजी मारेका छन् ।
२८ फेबु्रअरी राती अमेरिकाको लस एञ्जलस्मा सम्पन्न यो अवार्ड समारोहमा फिल्म ‘दि रेबनन्ट’बाट लियोनार्दोले सर्वोत्कृष्ट अभिनेताको अवार्ड जितेका छन् । यस अघि चार पटक यो अवार्डका लागि उत्कृष्ट अभिनेतामा मनोनयनमा परेर पनि उनले अवार्ड जित्न सकेका थिएनन् ।
यस्तै सर्वोत्कृष्ट अभिनेत्रीको अवार्ड फिल्म ‘रुम’बाट अभिनेत्री ब्री लार्सनले हाँसिल गरिन् ।
यो चलचित्र उनले निर्वाह गरेको भूमिकालाई दर्शकले निकै मन पराएका थिए । यस पटक सर्वोत्कृष्ट अभिनेता र अभिनेत्रीको मनोनयनमा गोरा समुदायका कलाकार मात्र परेकाले काला समुदायका कलाकारले यो अवार्डमा आफुहरुमाथि अन्याय भएको आरोप लगाएका थिए ।
यस पटक सर्वोत्कृष्ट फिल्मको अवार्ड ‘स्पोटलाईट’ले जित्यो । सर्वोत्कृष्ट निर्देशकको अवार्ड फिल्म ‘दि रेबनन्ट’बाट निर्देशक एलेज्यान्ड्रो जी इनारितुले चुमे । उनको यो फिल्म विभिन्न १२ ओटा विधामा मनोनयनमा परेको थियो । सर्वोत्कृष्ट छायाँकारको अवार्ड पनि फिल्म ‘दि रेबनन्ट’कै पोल्टामा पर्यो ।
यस्तै सर्वोत्कृष्ट सहायक अभिनेताको अवार्ड फिल्म ‘ब्रिज अफ स्पाइस’बाट सह अभिनेता मार्क रोयलेन्सले हाँसिल गरे भने सर्वोत्कृष्ट सह अभिनेत्रीको अवार्ड फिल्म ‘दि डेनिस गर्ल’बाट सह अभिनेत्री अलिसिया विकान्डरले चुमिन् ।
ओस्कार पुरस्कार विजेता
बेष्ट पिक्चरः स्पर्टलाईट
बेष्ट एक्टरः लियोनार्दो डिक्याप्रियो (द रिनेभेन्ट)
बेष्ट एक्ट्रेसः ब्रिइ लार्सन (रुम)
बेष्ट डाइरेक्टरः अलेक्जान्द्रो इएरिटी ( द रिनेभेन्ट)
बेष्ट ओरिजिनल सङ्गः साइटिङ्स अन वाल (स्प्रेक्ट्रा)
बेष्ट ओरिजिनल स्कोरः द हेर्टफुल एट
बेष्ट फरेन फिल्मः सान अफ साउल (हंगेरी)
बेष्ट ओरिजिनल स्क्रिनप्लेः टम मकार्थी र जोस सिंगर (स्पर्टलाईट)
बेष्ट एडप्टेड स्क्रिनप्लेः एडम मिके र चाल्र्स ¥यान्डोफ (द बिज सर्ट)
बेष्ट सिनेमाटोग्राफीः (द रिनेभेन्ट)
बेष्ट सपोर्टिङ एक्ट्रेसः एसिला भेकान्डर (द डेनिस गर्ल)
बेष्ट सपोर्टिङ एक्टरः मार्क राइलेन्स (ब्रिज अफ स्पाइस्)
बेष्ट डकुमेन्ट्रीः एमी
बेष्ट डकुमेन्ट्री (सर्ट– अ गर्ल इन द रिभरः द प्राइस अफ फर्गिभनेस
बेष्ट भिज्युअल इफेक्ट्सः एक्स माचिना
बेष्ट एनिमेसनः इनसाइड आउट
बेष्ट सर्ट फिल्म (एनिमेसन( बेर स्टोरी
बेष्ट प्रोडक्सन डिजाइनः म्याड म्याक्सः फ्युरी रोड
बेष्ट इडिटिङः म्याड म्याक्सः फ्युरी रोड
बेष्ट मेकअप एण्ड हेयरस्टाइलः म्याड म्याक्सः फ्युरी रोड
बेष्ट कस्ट्युम डिजाइनः म्याड म्याक्सः फ्युरी रोड
बेष्ट साउन्ड इडिटिङः म्याड म्याक्सः फ्युरी रोड
बेष्ट साउन्ड मिक्सिङः म्याड म्याक्सः फ्युरी रोड
एजेन्सीको सहयोगबाट
