Wednesday 16th of September | २०८३ भदौ ३१ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

उपचार खर्चको लागि अपिल

न्यूजअभियान | प्रकाशित मिति : २०७२ चैत १४ आइतबार |
newsabhiyan

काठमाण्डौ । वैदेशीक रोजगारिको शिलशिलामा एक वर्ष अगाडी ठूलो सपना लिएर मलेसिया गएको रामेछाप जिल्ला, रामेछाप नगरपालिका  वडा नं. ५ स्थिाई निवासी संजिप तमाङको सपना अधुरै रह्यो ।

मलेसियाको एक कम्पनीमा काम गर्दा गर्दै दुर्घटनामा परेका संजिप तमाङ  अहिले प्रवासमा राम्रो उपचार नहुने भएपछि नेपाल आएकाछन् । मलेसियाको सेलागरमा रहेको केनवोंन कार्टुन एस डी एन बि एच डी कम्पनीमा कार्यरत संजिप  फेब्रुअरी ५ तारिखका दिन बिहान ९ बजेतिर दुर्घटनामा परेका थिए ।

दैनिक ड्युटिमा रहेकाबेला कार्टुन  प्रिन्ट गर्ने मेसिनमा दायाँ हात पर्न गई पुरै हात पिल्सिएको र नाडीको हड्डी फुटेको अवस्थामा छन् । घटना पछि संजिपलाई कम्पनीले उपचारका लागि अस्पताल लगेको थियो । पाँच दिन अस्पतालमा उपचार पश्चात उनी होस्टलमा बसिरहेका थिए ।

श्रमिकहरुको लागि विदेशमा राम्रो उपचार नहुने भएको कारण उनी तत्कालै नेपाल फर्किएका हुन  । नेपाल फर्किए लगतै उनी महाराजगञ्ज स्थित टिचिङ्ग अस्पतालमा भर्ना भैई  उपचार गराई रहेकाछन् । ऋण गरेर गएको रकम तिरि नसक्दै दुर्घटना भएपछि उनलाई थप आर्थिक भार परेको छ ।

न्यूज अभियान डटकमद्धारा सञ्चालित न्यूज अभियान अक्षय कोष मार्फत रु २००० त्यसैगरी सागर श्रेष्ठ मार्फत १०००, छायाँचन्द्र भण्डारीबाट १०००, उद्धव तमाङबाट ५००० गरी तत्काल उपचार गर्नको लागि सहयोग जुटाईएको छ ।

ईच्छुक नेपाली दाजुुभाई दिदी बहिनी र आफन्तहरुबाट सहयोगको अपेक्षा गरिएको छ । निज संजिप तमाङलाई सहयोग गर्न चाहानुहुने महानुभावहरुले निम्न खातामा रकम पठाएर सहयोग गर्न सक्नु हुनेछ । 

तपाईले गरेको सहयोगको विवरण न्यूज अभियान डटकममा पारदर्शि रुपमा अपडेट गरिने छ र तपाईले पठाउँनु भएको रकम सम्बन्धित व्यक्तिलाई हस्तानतरण गरि वहाँले पाएको रकमको भिडियो सहित न्यूज अभियान डटकममा प्रसारण गरिने छ ।


स्मरण रहोस यो सहयोग रकम संकलन फागुन ३० गते सम्म मात्र रहने छ ।

Bank Name: Prabhu Bank Limited
A/C No: 02000100380794000001
Account Holder's Name: National Vision Media Group Pvt. Ltd.
SWIFT Code: PRVUNPKA

न्यूज अभियानको फ्लोअप, यो पनि पढ्नुहोस् !

:: मलेसियामा दुर्घटनामा परेका संजिपले सहयोगका लागि गरे अपिल !

:: मलेसियामा दुर्घटनामा परेका संजीपको दुताबाससगँ यस्तो आग्रह

:: मलेसियामा ड्युटीमा काम गर्दा-गर्दै संजिप गम्भीर घाईते

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan