Wednesday 16th of September | २०८३ भदौ ३१ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

मलेसियामा दुर्घटनामा परेका संजीपको दुताबाससगँ यस्तो आग्रह

न्यूजअभियान | प्रकाशित मिति : २०७२ चैत १४ आइतबार |
newsabhiyan


क्वालालम्पुर। मलेसियाको एक कम्पनीमा काम गर्दा गर्दै दुर्घटनामा परेका रामेछाप  जिल्लाको रामेछाप नगरपालिका वडा नम्बर ५ का संजीप तामाङले  उपचारको लागि नेपाल फर्कने इच्छा देखाएका छन् ।  त्यसका लागि पहल गरिदिन हुन सरोकारवालाहरुसगँ अनुरोध समेत गरेका छन् । 

दुई हप्ता अगाडि दुर्घटनामा परेका तामाङले मलेसियामा उपचारको लागि गाह्रो भएको भन्दै घर फर्कनको लागि वातावरण मिलाइदिन अनुरोध गरेका हुन् ।

सेलागरमा रहेको केनवोंन कार्टुन एस डी एन बि एच डी कम्पनीमा कार्यरत संजीप फेब्रुअरी ५ तारिखका दिन बिहान ९ बजेतिर दुर्घटनामा परेका थिए । दैनिक ड्युटिमा रहेकाबेला कार्टुन  प्रिन्ट गर्ने मेसिनमा दायाँ हात पर्न गई पुरै हात पिल्सिएको र नाडीको हड्डीसमेत फुटेको अवस्थामा छन् ।

घटना पछि संजिपलाई कम्पनीले उपचारका लागि अस्पताल लगेको थियो । पाँच दिन अस्पतालमा उपचार पश्चात उनी होस्टलमा बसिरहेका छन् ।कम्पनीले इन्सुरेन्सको कामले रोकीएको बताउदै आएको छ ।

श्रमिकहरुको लागि विदेशमा राम्रो उपचार नहुने भएको कारण उनी तत्कालै नेपाल फर्कन चाहिरहेका हुन् ।

मलेसियन दूतावासको ध्यान समय मै यी यूवा तर्फ तानिएर उनी छिट्टै घर फर्किन सक्ने उनका साथी बताउछन् ।

उनी रोजगारीका लागि रिभाइब नेपाल प्रा.लि.बाट  मलेसिया आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan