मलेसियामा दुर्घटनामा परेका संजिपले सहयोगका लागि गरे अपिल !
काठमाडौं । मलेसियाको एक कम्पनीमा काम गर्दा गर्दै दुर्घटनामा परेका रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नम्बर ५ का संजीप तामाङले उपचारको लागि सहयोग गरिदिन हार्दिक अपिल गरेका छन् ।
तामाङलाई मलेसियामा कम्पनीले उपचारको खासै सहयोग नगरेको र पाउनु पर्ने इन्सुरेन्स समेत नदिएको न्यूज अभियान डटकमलाई बताए । आफुलाई धेरै नै गाह्रो भएपछि उपचारको लागि स्वदेश फर्कन चाहन्छु भनेपछि कम्पनीले हजार रिंगेट लेभी समेत कटौती गरि आज तामाङलाई स्वदेश पठाउदै छन् ।
श्रमिकहरुको लागि विदेशमा राम्रो उपचार नहुने भएको कारण उनी आफ्नै पहलमा नेपाल फर्केका हुन् ।
मलेसियाको सेलान्गरमा रहेको केनवोंन कार्टुन एस डी एन बि एच डी (KENWON KARTON SDN BHD) कम्पनीमा कार्यरत संजीप गत फेब्रुअरी ५ तारिख (माघ २२ गते) का दिन बिहान ९ बजेतिर दुर्घटनामा परेका थिए । दैनिक ड्युटिमा रहेकाबेला कार्टुन प्रिन्ट गर्ने मेसिनमा दायाँ हात पर्न गई पुरै हात नाडीको हड्डी फुटेको थियो ।
मलेसिया स्थित दूतावासलाई घटना बारे जाकारी गराउन बारम्बार टेलिफोन गर्दा फोन समेत नउठाएको दुखद भावना न्यूज अभियान सँग पोखे । उनी रोजगारीका लागि रिभाइब नेपाल प्रा.लि. म्यानपावर बाट एक बर्ष अगाडि मलेसिया गएका थिए ।
![]()
सामान्य परिवारका तामाङ विबाहित हुन् उनका एक छोरा र श्रीमती छन् । विदेश गएर कमाएर परिवारका लागी केहि गर्छु भन्ने मनोबल राख्दै हिडेको मान्छे अहिले यस्तो भो " के सोचे मैले के भयो अहिले " भन्दै न्यूज अभियान सँगको टेलिफोनमा भक्कानिए । साथै सहयोग गर्न चाहनु हुने महानुभाबहरुले न्यूज अभियान डट कमको सम्पर्कमा गई बिस्तृत जानकारी लिनु सक्नु हुनेछ।
न्यूज अभियानको फ्लोअप, यो पनि पढ्नुहोस् !
:: मलेसियामा ड्युटीमा काम गर्दा-गर्दै संजिप गम्भीर घाईते
:: मलेसियामा दुर्घटनामा परेका संजीपको दुताबाससगँ यस्तो आग्रह
