मलेसियामा ड्युटीमा काम गर्दा-गर्दै संजिप गम्भीर घाईते
तस्बिर सहित
काठमाडौं । बैदेशिक रोजगारीका लागि मलेसिया गएका एक युवा ड्युटीमा काम गर्दा गर्दै गम्भीर घाईते भएका छन् ।
स्थाई घर रामेछाप जिल्ला रामेछाप नगरपालिका ५ का संजिप तमाङ मलेसियाको सेलानगोर स्थित केनवोंन कार्टुन एसडीएन बिएचडी (KENWON KARTON SDN BHD) कम्पनीमा कार्यरत थिए । तामाङको सदा झैँ दैनिक ड्युटिमा काम गर्दा गर्दै अचानक कार्टून प्रिन्ट गर्ने मेसिनमा दायाँ हात पर्न गई पुरै हात पिल्सिएको र नाडीको हड्डी समेत फुटेको खबर न्यूज अभियान डट कमलाई प्राप्त भएको छ ।
प्राप्त समाचार अनुसार घटना गत फेब्रुवरी ५ तारिखका दिन स्थानीय समय अनुसार बिहान ९ बजे घटेको जनाएको छ । घटना लगत्तै घाइते भएका संजिप तमाङलाई कम्पनीले उपचारको लागि अस्पताल लगेको बताए । स्थानीय मिडियाले घटनाको बारेमा बुझ्नलाई उक्त कम्पनीमा आई छानबिन समेत गरेको बुझिएको छ ।
साथै घटना ठुलै घटेको कारण इन्सुरेन्स कम्पनीले समेत उक्त घटनाको छानबिन गरि घाईते तामाङलाई थप उपचार गर्न इन्सुरेन्स दिलाई दिन कम्पनीलाई दबाब दिएको बुझिएको छ । तमाङ बैदेशिक रोजगारीका लागि रिभाइब नेपाल प्रा.लि. मेनपावर बाट १० महिना अगी मात्र मलेसिया पुगेको बताए । तमाङ कार्टुन प्रिन्ट गर्ने मेशिन अप्रेटर थिए ।
न्यूज अभियानसँग टेलीफोन सम्पर्कमा तामाङले घटना गत फेब्रुवरी ५ तारिखका दिन घटेको भएता पनि आफुलाई उपचारको लागि हस्पताल लगिएकोले जानकारी गराउन ढिलाई भएको भन्दै (Thursday 11th of February) २८ बिहिबारका दिन खबर गरेका हुन् ।
५ दिन आफुलाई उपचार गर्न अस्पताल राखिएको भएता पनि स्वदेशमा जस्तो राम्रो उपचार नभएको र दायाँ हात पुरै नचलेको गुनासो पोख्दै भने कम्पनीले सके सम्म छिट्टो नेपाल पठाए म स्वदेशमा नै गएर उपचार गर्ने थिए ।
साथै मिडिया मार्फत खबर सप्रेशन गरि मलेसिया स्थित नेपाली दुताबासलाई जानकारी गराएर घटनाबारे बुझेर स्वदेश फर्कन कम्पनिसँग समन्वय गरि पहल गरि दिनु हुन्थ्यो कि भनेर रुदै यो खबर सम्प्रेसन गरि सहयोग गरि दिन आग्रह गरे । साथै मलेसिया स्थित स्थानीय नेपाली संघ सस्थाले पनि मेरो घटनाको बारेमा बुझेर मलाई स्वदेश फर्केर उपचार गर्न सहयोग गरि दिनु हुन आग्रह समेत गरेका छन् ।
नाम : संजिप तमाङ
स्थाई घर : रामेछाप
मोबाइल सम्पर्क : ६०११२३१२७७८०
सेलानगोर, मलेसिया । नेपाल सम्पर्क : ९८४३४२०२१५ (दाजु)
