Wednesday 16th of September | २०८३ भदौ ३१ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

Beauti parlor and cosmetic shop Handed over by Bright Nepal

न्यूजअभियान | प्रकाशित मिति : २०७२ माघ १८ सोमबार | १८४६ पटक हेरिएको

काठमाडौं । पशुपंक्षी विकास मन्त्री शान्ता मानवीले विदेश पलायन युवा शक्तिलाई देशमै काम गर्ने वातावरण बनाउन आफ्नो मन्त्रालयले कार्ययोजना बनाएको बताएकी छन् ।

बिहीबार संवाद डबलीमा ब्राइट नेपालले भूकम्पपीडितलाई गरेको सहयोग हस्तान्त्रण कार्यक्रममा बोल्दै मन्त्री मानवीले देशको युवा शक्ति विदेश पलायन हुँनबाट रोक्ने योजना बनाएको बताइन् ।

‘नेपाल हरेक कुराहरुमा आत्मनिर्भर हुनसक्ने देश हो, एक वर्षभित्रमा अण्डा, दुई वर्षभित्र मासु र तिन वर्षभित्रमा दुधमा पनि हामी अत्मनिर्भर बन्न सक्छौं’ मन्त्री मानवीले भनिन् ।

मन्त्रालयले तयार गरेको ४० बुँदे प्रतिबद्धता कार्यन्वयनमा आए युवा शक्ति विदेश जान बाट रोकिने दाबी मन्त्रीले मानवीले गरिन् । आफ्नो पशुपंक्षी मन्त्रालय समालेको एक महिनाको समिक्षा गर्दै उनले राम्रो काम गर्ने हौसला बढेको बताइन ।

ब्राइट नेपालले नुवाकोटकी इश्वरी पौड्याललाई राहत हस्तान्त्रण गरेको थियो । मन्त्री मानवी र ब्राइट नेपालकी अध्यक्ष पुनम देवले संयुक्त रुपमा राहत हस्तान्त्रण गरेकी थिइन् ।

कार्यक्रममा हास्य कलाकार श्रीकृष्ण सिंखडा, नेपाल केवुल टेलिभिजन महासंघका निर्देशक राजेश्वर लेकाली, ब्राइट नेपालको पूर्व अध्यक्ष कैलासप्रसाद देव, राष्ट्रिय अनलाइन पत्रकार संघका अध्यक्ष मुकुन्द ढुङ्गानाले भूकम्प पीडितहरुलाई सबैले सक्दो सहयोग गर्नुपर्ने धारणा राखेका थिए ।

कार्यक्रममा बोल्दै ब्राइट नेपालकी अध्यक्ष देवले भूकम्प प्रभावित क्षेत्रमै गएर सहयोग गर्दै आएको बताउँदै अगामी दिनमा पनि सक्दो सहयोग गर्ने बताइन् ।

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।

न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan