Wednesday 16th of September | २०८३ भदौ ३१ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

"काठमाडौंकी क्लियोपेट्रा" Video Report

न्यूजअभियान | प्रकाशित मिति : २०७२ माघ १० आइतबार | १९३८ पटक हेरिएको

बरिष्ठ मुक्तककार तथा नेपाल मुक्तक प्रतिष्ठानका सललाहकार रत्नशम्सेर थापाले प्रतिष्ठानका  संस्थापक सदस्य विष्णुबहादुर सिंहको मुक्तक सङ्ग्रह "काठमाडौंकी क्लियोपेट्रा" शुक्रबार काठमाडौंमा विमोचन गर्नु भयो ।

नेपाल मुक्तक प्रतिष्ठानद्वारा प्रकाशित कृति विमोचनको सभापतित्व प्रतिष्ठानका अध्यक्ष राकमाजी कोनेले गर्नु भएको थियो ।  विमोचित कृतिको समीक्षा मुक्तककारद्वय ज्ञानुवाकर पौडेल र रमेश पौडेलले गर्नु भएको थियो भने कृकिारलाई शुभ कामना प्राज्ञहरू वियोगी बुढाथोकी, मातृका पोख्रेल र गोरखापत्रका प्रवन्ध सम्पादक श्री ओम श्रेष्ठ रोदनले दिनु भएको थियो ।

कृतिकार विष्णुबहादुर सिंहले काठमाडौंलाई बिम्ब बनाएर कृति तयार गरेको बताउनु भयो । ४ खण्डमा विभाजित पुस्तकमा २ सयभन्दा बढी मुक्तकहरु समावेश छन् ।

विमोचित कृतिबाट मुक्तककारहरू यादव भट्टर्राई, बादल घिमिरे,बिनु भट्टर्राई, निशा के.सी., कल्पना श्रेष्ठ र सुशीला पौडेललले मुक्तक सुनाउनु भएको थियो ।

- See more at: http://www.newsabhiyan.com.np/news-details.php?nid=20709#sthash.CPayGyG2.dpuf

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।

न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan