लाङटाङको पछिल्लो वस्तुस्थिति समेटेर ‘वेकिङ एण्ड वाकिङ’ नामक बृतचित्र प्रदर्शन
राष्ट्रिय पर्यटन व्यवसायी संघ (नीट –नेपाल)ले लाङटाङको पछिल्लो वस्तुस्थिति समेटेर ‘वेकिङ एण्ड वाकिङ’ नामक बृतचित्र प्रदर्शन गरेको छ ।
पत्रकार अशोक सिलवाल निर्देशत उक्त बृतचित्रले भूकम्पको विभीषिका व्यहोरेको लाङटाङ बौरिँदै गरेको दृष्यसहित सकारात्मक सन्देश प्रवाह गरेको छ । ‘ग्राउन्ड जिरो’ मै पुगेर, पैदल यात्रा गरी खिचिएका दुष्यहरु र त्यस क्षेत्रका स्थानिय र घुम्न आएका विदेशी पर्यटकहरुको स्थलगत अनुभवहरु समेटेर बृतचित्र तयार गरिएको छ । बृतचित्रले क्षतिग्रस्त लाङटाङको पछिल्लो बस्तुस्थिति प्रस्ट देखाएको छ । बैशाख १२ को विनासकारी भूकम्पका कारण नेपालको तेस्रो प्रमुख पर्यटकीय गन्तव्य लाङटाङ क्षेत्रले अत्यधिक क्षति व्यहोर्यो ।
लाङटाङ गाविसमा मात्रै एक सय ७५ जना स्थानियहरुले अकालमै ज्यान गुमाए । लाङटाङ पुनस्थापना समितिका अनुसार हिमपहिरोमा चेपिएर ८० जनाभन्दा बढी विदेशी पर्यटक तथा सय पर्यटन मजदुर, गाईड तथा पोर्टरहरुले ज्यान गुमाएका थिए । मानविय क्षतिको आँकडा तीन सय ५५ हुँदा करोडौँ भौतिक क्षति करोडौँ पुग्यो । तर, यति ठूलो परिमाणको क्षति व्यहोरेको यो गन्तव्य विनासको धुलो टक्टक्याउँदै अघि बढ्ने प्रयत्न गर्दै छ ।
