Wednesday 16th of September | २०८३ भदौ ३१ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

विभिन्न विधाका ६ जना श्रष्टाहरु सम्मानित

न्यूजअभियान | प्रकाशित मिति : २०७२ कार्तिक १५ आइतबार | २७२४ पटक हेरिएको

काठमाण्डौ । कात्तिक १२ गते बिहीबार बागबजारको हार्दिक होटलमा साहित्य सङ्गालो डट कमले एक समारोहका बीच साहित्यका विभिन्न विधामा कलम चलाउने स्रष्टाहरूलाई एकसाथ सम्मान तथा पुरस्कार वितरण गरेको छ ।
प्रवासबाट नेपाली भाषा, साहित्य र विविध वाङमयका क्षेत्रमा अनलाईन मार्फत योदान दिँदै आएको साहित्य संगालो डट कमले विगतका बर्षमाझैं यस पटक पनि नेपाली साहित्य, वाङमय र समाज सेवाको क्षेत्रमा योगदान दिएका प्रतिभाहरुलाई साहित्य चौतारी सम्मान र पुरस्कार प्रदान गरिएको हो ।
नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य,वरिष्ठ कवि प्राज्ञ  श्रवण मुकारूङ्गको प्रमुख आतिथ्य र कवि तथा नियात्राकार  केदार संकेतको सभापतित्वमा भएको उक्त कार्यक्रममा कवि तथा शिल्पिकार रमेश पौडेल,नियात्राकार तथा उपन्यासकार युवराज नयाँघरे, विश्व साहित्य महासंघका अध्यक्ष एवम् कवि विश्वदीप तिगेला, समाजसेवी तथा साहित्यकार लारा (लक्ष्मी राई)को आतिथ्य रहेको थियो ।
सो सम्मान समारोहमा अर्घाखाँचीका कवि असीम सागर, कास्कीकी गीतकार सरस्वती श्रेष्ठ (सरु), काठमाडौंका गजलकार आनन्द श्रेष्ठ, कास्कीका हाइकुकार असफल गौतमलाई साहित्य चौतारी पुरस्कार प्रदान गरियो भने नेपाली साहित्यका अतिरिक्त कोइँच भाषा र समाजसेवामा योगदान दिए बापत ओखलढुंगाका उत्तम कुमार सुनुवार र रेगिस्तानी कवि तीर्थ संगम र्राईलाई साहित्य चौतारी सम्मान प्रदान गरिएको थियो ।
कार्यक्रममा प्रमाण पत्रको साथ नगद पनि उपलब्ध गराईएको थिया । कार्यक्रम समाजसेवी तथा पत्रकार न्यूज अभियान डटकमका सञ्चालक सागर श्रेष्ठले सञ्चालन गर्नु भएको थियो । कार्यक्रममा अधिंकांस वक्ताहरुले आफ्नो मन्तव्उ दिने क्रममा प्रवासमा रहेर पनि यस्तो कार्यक्रम सञ्चालन गरि साहित्य क्षेत्रमा काम गर्नेहरुलाई सम्मान गरेर हौसला प्रदान गरेकोमा संगालो डटकम परिवाको प्रशंसा गरेको थियो । 

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।

न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan