Thursday 30th of July | २०८३ श्रावण १४ बिहीबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

नेपालकै पहिलो महिला सभामुख ओनसरी घर्तीमगरका चुनौतीहरु

न्यूजअभियान | प्रकाशित मिति : २०७२ कार्तिक ३ मंगलबार | २२५१ पटक हेरिएको

संसदीय अभ्यासको छोटो समय अवधिमा पनि झण्डै आधा दर्जन सभामुखहरुले कुशलतापूर्वक आफ्नो कार्यकाल सम्पन्न गरेका छन । संविधानसभाबाट संविधान जारी भए पछि ऐतिहासिक रुपमा पहिलो पटक व्यवस्थापिका संसदले मुलुकले पहिलो महिला सभामुख प्राप्त गरेको छ । फरक पुष्ठभुमिबाट राजनीतिमा प्रवेश गर्नु भएकी नवनियुक्त सभामुख ओनसरी घर्तीका सामु निकै चुनौती रहेको कानुनका जानकारहरुको बुझाई छ । ओनसरी घर्ती । तत्कालिन माओबादीले २०५२ सालबाट सुरु गरेको सशस्त्र जनयुद्धको लडाकु अर्थात बन्दुक बोकेर युद्धमा खटिएकी एक सशक्त महिला कमाण्डर । तर समयको परिवर्तन संगै रोल्पाका जनताको मत प्राप्त गर्दै संविधानसभामा आईपुगेकी घर्ती दोस्रो संविधानसभामा उपाध्यक्ष तथा संसदकी उपसभामुख बन्दा राजनितीक बृतमा हलचल नै मच्चीएको थियो । यति फरक संस्कारको मानिसले कसरी संविधानसभाको बैकल्पिक नेतृत्व सम्हाल्न सक्लिन भनेर । तर निर्विवाद रुपमा आफुले प्राप्त जिम्मेवारी कुशलता पूर्वकनै उनले पूरा गरेर अर्को आश्चर्य दिलाईन । हुन त तत्कालीन अवस्थामा कानुनका ज्ञाता तथा संसदिय अभ्यासमा लामो जिम्मेवारी सम्हालेका सभामुख सुवासचन्द्र नेम्वाङको प्रत्यक्ष मार्गनिर्देशन रहदा खासै घर्तीलाई समस्या परेन ।

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।

न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan