Thursday 30th of July | २०८३ श्रावण १४ बिहीबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

हिरासत भित्र म्याच फिक्सिङ् गर्ने गद्दार खेलाडीको बयान - HATHKADI

न्यूजअभियान | प्रकाशित मिति : २०७२ कार्तिक ३ मंगलबार | २६२३ पटक हेरिएको

यो रियल स्टोरी रिल र रियल लाईफका दुई हिरोको बाल्यकालको हो । काठमाण्डौको कपुरधारा स्थित चर्चित हिरो राजेश हमालको घर । उनको छिमेकी थिए, एसएसपी सर्वेन्द्र खनाल । रिल लाईफका हिरो राजेश र रियल लाईफका हिरो सर्वेन्द्रकका छिमेकी थिए राष्ट्रकवि माधव घिमिरे । राजेश र सर्वेन्द्र फुटबलका खेलाडी थिए र उनिहरुको फुटबल थियो, भोगटे । भागटे त हिरो राजेश र पुलिस सर्वेन्द्रको घरमा पनि फल्थ्यो तर घर परिवारले गाली गर्ने भएकाले उनिहरुलाई हरेक दिन एक फुटबल भगटे जुटाउन मुस्किल पथ्र्यो । इच्छा भए इश्वरले पु¥याउँछन् भने झैँ राष्ट्रकविको घरमा भोगटे त खुवै फल्थ्यो तर खाने मान्छे कोही थिएनन् । राजेश र सर्वेन्द्र राष्ट्रकविसँग भोगटे माग्थे र फुटबल खेल्थे, खेल मैदान थियो उपराष्ट्रपति कार्यालय बहादुर भवनको प्राङ्गणमा रहेको चिन्ड्रेल पार्क । अहिले दुबै जना देशका हिरो बनेका छन् । अझै पनि यीनिहरु फुटबल भनेपछि मरिहत्ते गर्छन् । खसगरी नेपाली फुटबल टिमलाई औधी मायाँ गर्छन् । तर १२ वर्षदेखि हरेक अन्तर्राष्ट्रिय खेलमा सँधै नेपाली किन पराजित हुन्छ यही कौतिहला थियो एसएसपी सर्वेन्द्र खनाललाई । यही कौतिहलताको परिणाम पनि हो, नेपाली फुटबलको म्याच फिक्सिङ् प्रकरणको अनुसन्धान नतिजा ।

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।

न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan