टान निर्वाचन २०१५ मा सागर पाण्डे समूहको कार्यक्रम (भिडियो रिर्पोट)
काठमाडौं । ट्रेकिङ एजेन्सिज एसोसिएशन अफ् नेपाल (टान) निर्वाचनका लागि सागर पाण्डे नेतृत्वले आफ्नो प्यानलको नाम पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको छ ।
राष्ट्रिय पर्यटन व्यवसायी संघ (नीट–नेपाल) र नेपाल पर्यटन व्यवसायी मञ्चबीच पाण्डेको नेतृत्वमा टिम बनाएर निर्वाचनमा जाने सहमति भएसंगै प्यानलको घोषणा भएको हो ।
अध्यक्ष सागर पाण्डे रहेका छन् भने बरिष्ठ उपाध्यक्ष निमा शेर्पा, प्रथम उपाध्यक्ष विद्या हिराचन, द्धितीय उपाध्यक्ष ऋषिप्रसाद नेपाल, महासचिव पासाङ शेर्पा, सचिवमा छेटुप तामाङ, कोषाध्यक्ष लिलाबल्लभ दाहाल र सहकोषाध्यक्ष शंकर पाण्डे रहेका छन् । कार्यसमिति सदस्यका लागि भने हिमाल घले, नकुल देवकोटा, अर्जुन पाण्डे, पेम्बा शेर्पा, रवि भट्ट, शिवहरी सापकोटा, तारा राना, राजनप्रसाद ढुंगाना र महेश बुढा रहेका छन् ।
प्यानल घोषणा गरेसँगै मूल आयोजक समितिका संयोजक दिपक महतले व्यवसायीक र बलियो टिम निर्माण गर्न दुई संगठनले कडा मेहनत गरेका कारण केही ढिला हुन गएका बताए । उनले टिम बलियो र समावेशी समेत बनेको र यो टिमको जित निश्चित रहेको बताएका छन् ।
- See more at: http://www.newsabhiyan.com.np/news-details.php?nid=10942#sthash.QaG7OMi5.dpuf
