भूकम्प पीडित बुबा सँग गरिएको हृदय विदारक कुराकानी
जे.बी. बिष्ट, ललितपुर । ललितपुर लेले वार्ड न. ५ खत्री गाउँ पालेको बन नजिकै रहेको एक बृद्ध बुबाको घरलाई समेत छाडेन गत बैशाख १२ गते आएको महाभूकम्पले । उनको झुप्रै भए पनि गास बास गर्ने घर त थियो तर विनासकारी महाभूकम्पले घरलाई क्षण भरमै भग्नबशेषको रुपमा परिणत गराई दियो ।
उक्त स्थानमा अहिले सम्म पनि सरकार वा अन्य कुनै निकायले केहि राहत नजुटाई दिएको गुनासो उनि यसरि पोख्छन । महाभूकम्प गएको १३ दिनमा न्यूज अभियान कर्मी आकस्मिक त्यहा पुग्दा यी बृद्ध बुबा सँग एक जम्का भेट भएको हो ।
आउनुहोस उनै भुपु आर्मी र प्रहरीमा समेत सेवा गरेर अबकास लिई सकेका साथै ९० सालको भूकम्पको पनि अनुभब भएका बुबा संग गरिएको हृदय विदारक कुराकानीमा यसरि दुखेसो पोख्छन यी बृद्ध बुबा ! हेर्नुहोस भिडियो कुराकानी बिस्तारमा !
