काठमाडौको पुरानो बसपार्कमा बन्दकर्ताहरुले यसरी गरियो बसमा आगजनी (भिडियो हेर्नुहोस)
न्यूजअभियान | प्रकाशित मिति : २०७२ असोज ३ आइतबार | २२८३ पटक हेरिएको
काठमाडौं । काठमाडौको पुरानो बसपार्कमा बन्दकर्ताहरुले एउटा यात्रु बसमा आगजनी गरेका छन् ।
दक्षिणकालीबाट यात्रु लिएर आएको बस रत्नपार्क पुगे लगत्तै बन्दकर्ताले आगजनी गरेका हुन । बा ३ ख २९०९ नम्बरको बसमा आगजनी गरेका थिए ।
बसबाट यात्रुहरु निस्किसकेपछि आगो लगाइएको थियो । आगजनीबाट बसमा पूर्ण रुपमा क्षति पुगेको छ ।
बसमा लगाइएको आगो दमकलको सहयोगमा नियन्त्रणमा लिइएको थियो । प्रत्यक्षदर्शीले दुई जना युवाहरु आएर केही बस्तु फालेपछि बसमा आगलागी भएको वताएका छन् ।
