Nepali Emerging Leaders Program 2018
अमेरिकी सहकार्यमा एक वर्षे राष्ट्रिय युवा नेतृत्व अध्ययन कार्यक्रम सुरु
For More Photoes Click Here
काठमाडौं ।
काठमाडौंस्थित लीडरशिप एकेडेमी र अमेरिकास्थित युनिभर्सिटी अफ सान्डिएगो क्रक स्कुल र क्रक इन्स्टिच्युट फर पिस एण्ड जस्टिस University of San Diego, Kroc School & Kroc Instituite for Peace and Justice (IPJ_ को संयुक्त आयोजनामा एक वर्षे राष्ट्रिय युवा नेतृत्व अध्ययन कार्यक्रम २०१८ (Nepali Emerging Leaders Program 2018) आज शुभारम्भ भएको छ । कार्यक्रममा देशका १४ अञ्चलबाट एक पुरुष र एक महिला गरी विभिन्न राजनीतिक पार्टी, अधिकारकर्मी, विभिन्न संघसंस्थाका प्रतिनिधि गरी २८ जना सहभागी हुनुहुन्छ । देशको पूर्वदेखि पश्चिम तथा पहाड, हिमाल र तराई तीनै क्षेत्रबाट २५ देखि ४० वर्षसम्मका सहभागी छनोट गरिएको छ ।
प्रशिक्षार्थीहरुलाई सहयोग तथा मार्गदर्शनका लागि अनुभवी नेता तथा विशेषज्ञ मार्गदर्शकहरुकोे एक टिम पहुँचमा हुनेछ । साथै युवा नेता–नेतृहरुको कामलाई अझै प्रभावकारी बनाउन सुरक्षा विशेषज्ञ पूर्व आईजीपी ध्रुवबहादुर प्रधान, कानुनी विशेषज्ञ वरिष्ठ अधिवक्ता अवधेशकुमार सिंह र सञ्चार विशेषज्ञ निरञ्जन अधिकारी रहनुभएको छ ।
काठमाडौंको ¥याडिसन होटलमा आयोजित शुभारम्भ कार्यक्रममा सरकारी निकाय, विभिन्न राजनीतिक पार्टी, संयुक्त राष्ट्र संघ, विभिन्न राजदूतावास, शैक्षिक संस्था आदिका प्रतिनिधि सहभागी हुनुभएको थियो ।
कार्यक्रममा पूर्व प्रधानमन्त्री तथा यस कार्यक्रमका सम्माननीय मार्गदर्शक लोकेन्द्रबहादुर चन्दले राष्ट्रलाई नेतृत्व गर्ने नेता÷नेतृमा नेतृत्व क्षमताको विकास गर्नुपर्नेमा जोड दिँदै यस्ता खालमा कार्यक्रमले नेतृत्व विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । आफूले राजनीतिक करियर सुरु गर्दा नेतृत्व विकासका लागि कुनै संघसंस्था तथा कार्यक्रमहरु नरहेको स्मरण गर्दै उहाँले यस्तो अवसर पाउने नेता नेतृले राष्ट्रको विकासमा योगदान गर्न आग्रह गर्नुभयो । राष्ट्रमा विभिन्न भूगोल, समुदाय, विभिन्न विचारका व्यक्तिहरुबीच सद्भाव बढाउन यस्तो कार्यक्रम सहयोगी हुने मेरो विश्वास छ, उहाँले भन्नुभयो ।
नेपाली कांग्रेसकी नेतृ तथा पूर्व शिक्षामन्त्री चित्रलेखा यादवले नेता नेतृले जनचाहनालाई केन्द्रमा राख्नुपर्नेमा जोड दिनुभयो । सहि निर्णय गर्न सक्ने क्षमता नेतामा हुनुपर्छ । नेतृत्व कुनै क्षेत्र वा समुदायको मात्र हुनु हुँदैन । नेता नेतृले पहाडी, हिमाल, तराई सबै क्षेत्रका जनताको भावना र संवेदनशिलता बुझ्न सक्नुपर्छ, उहाँले भन्नुभयो ।
नेकपा माओवादी केन्द्रकी प्रतिनिधिसभा सांसद तथा पूर्व खेलकुदमन्त्री कमला रोक्काले नेपालमा राजनीतिक परिवर्तनसँगै महिलाहरु पनि राजनीतिको अग्रपंक्तिमा आउन थालेको र तर उहाँहरुमा नेतृत्व क्षमताको विकास आवश्यक रहेको बताउनुभयो । युवामा नेता नेतृमा नेतृत्व क्षमता विकास गर्न राज्य तथा गैरसरकारी क्षेत्रबाट पनि अग्रसरता लिनुपर्नेमा उहाँको जोड थियो ।
नेकपा एमालेकी नेतृ तथा पूर्व सांसद रत्ना गुरुङले नेपालका राजनीतिक दलको नेतृत्व वर्गमा उदीयमान नेता नेतृलाई अवसर दिनुपर्छ भन्ने सोचको अभाव रहेको अनुभव सुनाउँदै युवाहरुले आफूमा क्षमता अभिवृद्धि गरी आफैं अगाडि आउनुपर्ने बताउनुभयो ।
युएन वुमनका नेपाल प्रतिनिधि वेनी कुसुमाले नेपाल अहिले नयाँ संरचनामा प्रवेश गरिरहेकाले यो सममया युवा पुस्ता अगाडि आउनुपर्ने बताउनुभयो । विभिन्न मुलुकका युवासँग काम गरेको आफ्नो अनुभव सुनाउँदै उहाँले नेपाली युवाहरु नेतृत्वमा आउनुपर्ने बताउनुभयो । पूरा गर्न सकिने बाचामात्र गर्न आग्रह गर्दै उहाँले नेतृत्व कुुर्सी पद नभएर जिम्मेवारी भएको बताउनुभयो । नेतृत्वले सधैं अरुको बारेमा सोच्नुपर्छ । तपाईले कतिलाई नेतृत्वमा ल्याउनुभयो भन्ने कुरा पनि महत्वपूर्ण हुन्छ, उहाँले भन्नुभयो ।
अध्ययन कार्यक्रममा सहभागी हुन बझाङबाट आउनुभएकी पूर्व सांसद तथा नेपाली कांग्रेसकी नेतृ चन्द्रादेवी जोशीले कार्यक्रमको अनुभव सुनाउनुभयो । कार्यक्रमबाट नेतृत्व विकासका धेरै कुराहरु सिकेको बताउँदै उहाँले अवसर पाए युवा नेता नेतृ मुलुकको नेतृत्वमा आउन धेरै समय नलाग्ने बताउनुभयो । अध्ययन कार्यक्रमबाट एकअर्काबीच भौगोलिक तथा भावनात्मक सम्बन्धको विकास भएको उहाँले बताउनुभयो । सुदूरपश्चिम क्षेत्र शिक्षा, स्वास्थ्य, चेतना आदिमा निकै पछाडि रहेको बताउँदै उहाँले युवा नेता नेतृ अगाडि आएमात्र विकास सम्भव रहेको बताउनुभयो । बूढानिलकण्ठ स्कुल तथा काठमाडौं विश्वविद्यालयको भ्रमणबाट आफू निकै उत्साहित भएको सुनाउँदै उहाँले सुदूरपश्चिम क्षेत्रमा शिक्षा विकासका लागि धेरै काम गर्न बाँकी रहेको बताउनुभयो ।
यस कार्यक्रमको शुभारम्भ राजधानी काठमाडौंमा भएको छ भने तीन–तीन महिनाको अवधिमा हिमाल, पहाड र तराई क्षेत्रमा कार्यक्रम हुनेछ । दोस्रो कार्यक्रम हिमाली क्षेत्रमा, तेस्रो कार्यक्रम पहाडी क्षेत्रमा र चौथो कार्यक्रम तथा ग्राजुएसन तराई क्षेत्रमा हुनेछ । यस कार्यक्रमबाट सहभागीहरुलाई राष्ट्रका विभिन्न क्षेत्र भ्रमणको अवसर मिल्नुका साथै आपसी सद्भाव पनि वृद्धि हुने विश्वास लिइएको छ ।
नेपालका युवा नेतृत्वलाई अझै प्रभावकारी बनाउन र उनीहरुमा विकसित भइरहेको नेतृत्व क्षमताको विकास, विस्तार र अभिवृद्धिका लागि यो कार्यक्रम सञ्चालनमा ल्याइएको हो । यस प्रशिक्षणात्मक कार्यक्रमले युवा नेतृत्वको अग्रसरतामा गाउँ तथा समाज परिवर्तनका लागि भइरहेका प्रयासहरुलाई प्रभावकारी रुपमा सञ्चालन गर्न तथा समुदायमा यी कार्यक्रमको ठूलो प्रभाव सिर्जना गर्न मद्दत गर्दछ । यस कार्यक्रमले समुदाय तथा सरकारी निकायसँग अझै प्रभावकारी रुपमा काम गर्नका लागि युवा नेतृत्वलाई मिडियासँग संलग्नता, सामुदायिक समस्याहरुको वकालत, तथा सम्बोधनजस्ता विविध विषयमा तालिम प्रदान गर्छ । यस कार्यक्रममा देशको विभिन्न क्षेत्र, वर्ग, लिंग, विविध जातजाति तथा भिन्न राजनीतिक मूल्यमान्यता बोकेका प्रशिक्षार्थी सहभागी रहेका छन् ।
राष्ट्रका केही मुद्दाहरू यस्ता हुन्छन्, जसको समाधान कुनै एक समूह÷निकाय÷दलको क्षमताभन्दा बाहिर हुन्छ । यस कार्यक्रमले पहाड–हिमाल–तराई, विविध जातजाति, भिन्न राजनीतिक मूल्यमान्यता बोकेका युवा नेता÷नेतृको एक यस्तो ठोस संयन्त्रको निर्माण गर्दैछ, जसले ती समस्याको समाधान सामूहिक प्रयासबाट गर्नेछ । यस कार्यक्रमले ग्रामीण तथा स्थानीय स्तरमा काम गरिरहेका २५ देखि ४० वर्षको एक विशेष उमेर समूहका राजनीतिक तथा गैरराजनीतिक युवा नेता÷नेतृहरूलाई राष्ट्रिय स्तरमा पहिचान दिलाउने कार्य गर्नेछ । विशेषज्ञ, स्थापित राजनीतिज्ञ÷विज्ञको अनुभव, मार्गदर्शन, सहयोग तथा सिफारिसले युवा नेताहरूलाई छोटो समयमा मूलधारमा पुग्नलाई उत्प्रेरकको काम गर्न सक्छ । यस कार्यक्रमले राजनीतिक तथा गैरराजनीतिक विशेषज्ञहरूको पहिचान गरी उहाँहरूसँग युवा नेताहरूको सम्पर्क स्थापित गराइदिनेछ । देशका जटिल तथा चुनौतीपूर्ण समस्या समाधानमा यस कार्यक्रमले तयार गरेका प्रशिक्षार्थी र मार्गदर्शकको विशेष समूहको अहम् भूमिका हुन जान्छ । तसर्थ, यस समूहले स्थानीयदेखि राष्ट्रिय सरकार र सरोकारवालाहरूसँग सहकार्य गरी उदाहरणीय कार्य गर्नेछ । राष्ट्र विकासका लागि युवा नेतृत्वले लिएको पहलकदमी प्रशंसनीय छ । यद्यपि, उचित सीप र कौशलको अभावका कारण सोचेजस्तो उपलब्धि हासिल हुन सकेको छैन । यदि राष्ट्रलाई विकासको पथमा अघि बढाउने हो भने अबको युवा नेतृत्व असलमात्र नभएर कुशल पनि हुन जरुरी छ । युवाहरुमा नेतृत्वको लागि आवश्यक ज्ञान तथा सीप विकास गर्ने उद्देश्यले यो कार्यक्रम सञ्चालनमा ल्याइएका हो ।
University of San Diego, Kroc School & Kroc Instituite for Peace and Justice (IPJ) को बारेमा
IPJ ले नेपालको द्वन्द्व व्यवस्थापनका लागि नेपालका राजनीतिक दल, नागरिक समाज र महिला नेतृहरुसँग मिलेर सन् २००२ देखि काम गर्दै आएको छ । यो संस्था कुनै प्रकारको प्रतिनिधित्व या संयुक्त राष्ट्रसंघको प्रतिनिधि संस्था नभई स्वतन्त्र संस्था हो । यसको नेपालमा औपचारिक कार्यालय छैन । द्वन्द्व व्यवस्थापनमा काम गरिरहेका संघसंस्था तथा नेतृत्वदायी भूमिकामा रहेका र उदाउँदै गरेका नेतृत्व वर्गको क्षमता अभिवृद्धि तथा अनुभव आदानप्रदानका लागि क्ष्एव् नेपालमा आउने गर्दछ । क्ष्एव् ले सक्रिय रुपले नेपालको राजनीति तथा सामाजिक सुरक्षाका बारेमा नागरिक समाजसँग खुलेर औपचारिक तथा अनौपचारिक छलफल, गोष्ठी, आदि गर्ने गर्दछ ।
Daniel Orth ड्यानियल ओर्थको बारेमा
ड्यानियल ओर्थ आईपीजेमा शान्ति निर्माणसम्बन्धी नीति निर्माणमा सक्रिय अधिकृत हुनुहुन्छ । उहाँले युवाहरुको आत्मविश्वास र क्षमता अभिवृद्धिका लागि शिक्षक, मार्गदर्शक र प्रशिक्षकका रुपमा आफूलाई समर्पित गर्दै आउनुभएको छ । कानुन र कूटनीतिमा टफ्टस विश्वविद्यालयको फेचर स्कुलबाट स्नातकोत्तरसम्ममको अध्ययन गर्नुभएका ओर्थ सोही विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय मेलमिलाप, द्वन्द्व व्यवस्थापन र मानवीय सुरक्षामा विशेषज्ञता हासिल गर्नुभएको छ ।
लीडरशिप एकेडेमीको बारेमा
लीडरशिप एकेडेमी काठमाडौंमा रहेको गैरनाफामूलक शैक्षिक संस्था हो । यसले राष्ट्रिय÷अन्तर्राष्ट्रिय स्तरमा वैकल्पिक शैक्षिक पाठ्यक्रम निर्माण गरी विभिन्न कार्यक्रमहरु सञ्चालन गरिरहेको छ । लीडरशिप एकेडेमीले विद्यार्थीहरुलाई वैकल्पिक शिक्षाको रूपमा नेतृत्व तथा क्षमता विकासका लागि विभिन्न कार्यक्रमहरू सञ्चालन गरिरहेको छ । ती कार्यक्रमहरुले विद्यार्थीलाई प्रतिस्पर्धी बन्न र नेतृत्व लिन अग्रसर गराउँछ । लिडरशीप एकेडेमीमा सञ्चार तथा कार्यालय व्यवस्थापन, टेलिभिजन कार्यक्रम उत्पादन, क्षमता विकास, पत्रकारिता आदिका लागि तालिम कार्यक्रमहरु सञ्चालन भइरहेका छन् । त्यस्तै, नेतृत्व विकास कार्यक्रमअन्तर्गत युथ फोरम, लिडरशीप एन्ड स्किल डेभलपमेन्ट प्रोग्राम, अर्ली लर्निङ स्किल प्रोग्रामहरु पनि सञ्चालन भइरहेका छन् । लिडरशीप एकेडेमीले युवाहरुलाई मुलुकको आर्थिक तथा सामाजिक विकासमा योगदान पु¥याउन सक्ने गरी प्रतिस्पर्धी र क्षमतावान बनाउन कार्यक्रमहरु सञ्चालन गरिरहेको छ । त्यसैगरी लिडरशीप एकेडेमीले युवा लक्षित टेलिभिजन कार्यक्रमहरु ‘नेपालका ७ उत्कृष्ट युवा कवि’ र ‘नेपालका उत्कृष्ट ७ युवा वादविवादकर्ता’ पनि निर्माण गरिरहेको छ, जुन एनटिभी प्लसबाट प्रशारण भइरहेको छ ।
थप जानकारीका लागि
सन्तोष गिरी, कार्यक्रम अधिकृत, लीडरशिप एकेडेमी
Mobile: 9851225685, Phone: 01-4257250
E-mail: LeadershipAcademyKTM@gmail.com
www.facebook.com/LeadershipAcademyKTM
