त्रिचन्द्र अगाडि बटुवालाई ठक्कर दिएपछि यसरी जलाइयो माइक्रो
न्यूजअभियान | प्रकाशित मिति : २०७२ श्रावण २८ बिहीबार | १९५४ पटक हेरिएको
काठमाडौंको त्रिचन्द्र क्याम्पसअगाडि माइक्रोबसको ठक्करबाट घाइते एक व्यक्तिको मृत्यु भएको छ ।
बुधबार बिहान जेब्राक्रसिङबाट बाटो काटिरहेको अवस्थामा बा१ज ९१३६ नम्बरको माइक्रोबसको ठक्करबाट घाइते ओखलढुंगा बिगुटारका २६ वर्षीय नाम्गेल शेर्पाको उपचारका क्रममा काठमाडौं मोडल अस्पतालमा मृत्यु भएको हो ।
ठक्कर दिएर पैदलयात्रुलाई घाइते बनाएपछि आक्रोशित त्रिचन्द्र क्याम्पसका विद्यार्थीले माइक्रोबसमा आगजनी गरेका छन् ।
