Friday 27th of November | २०८३ मङ्सिर ११ शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

न्यूजअभियान | प्रकाशित मिति : २०८३ मङ्सिर ११ शुक्रबार |

जनकपुर, ११ मङ्सिरः धनुषाको औरही गाउँपालिका–२ परवाहामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

    जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालका अनुसार आज साँझ करिब ५ः०० बजे जनकपुरबाट औरहीतर्फ जाँदै गरेको ज६प ७७९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडक छेउमा रहेको बिजुलीको पोलमा ठोक्किएको थियो ।

    प्रहरीका अनुसार दुर्घटनामा मोटरसाइकल चालक औरही गाउँपालिका–३ निवासी वासुदेव महराका ३५ वर्षीय छोरा लालबाबु महरा गम्भीर घाइते हुनुभएको थियो । घटनालगत्तै प्रहरी टोलीले उहाँलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर पठाएकामा अस्पताल पुर्‍याएपछि चिकित्सकले साँझ ५ः३४ मिनेटमा मृत घोषणा गरेको नायब उपरीक्षक खनालले जानकारी दिनुभयो ।

    मृतकको शव प्रादेशिक अस्पतालमै राखिएको छ भने दुर्घटनामा परेको मोटरसाइकल इलाका प्रहरी कार्यालय औरहीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan