Friday 27th of November | २०८३ मङ्सिर ११ शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

सप्तरीमा एक हजार मतदाता थपिए

न्यूजअभियान | प्रकाशित मिति : २०८३ मङ्सिर ११ शुक्रबार |

सप्तरी, ११ मङ्सिरः सप्तरीमा नौ महिनाभित्र एक हजार २६ मतदाता थपिएका छन् । 

विसं २०८२ फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा जिल्लामा पुरुष दुई लाख ३३ हजार ९६, महिला दुई लाख १३ हजार २८३ र अन्य २३  मतदाता गरी चार लाख ४६ हजार ४०२ मतदाता रहेकामा पछिल्लो नौ महिनाको अवधीमा मतदाता थपिएपछि चार लाख ४७ हजार ४२८ मतदाता पुगेको जिल्ला निर्वाचन प्रमुख रञ्जित कार्कीले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “हाल एक हजार २६ मतदाता थपिएपछि जिल्लामा पुरुष दुई लाख ३४ हजार १६, महिला दुई लाख १३ हजार ३९० तथा अन्य २२ मतदाता छन् । पछिल्लो नौ महिनाको अवधिमा पुरुष मतदाता ९२० र महिला मतदाता १०७ थपिएका छन् ।”

जिल्लाका नौ नगरपालिका र नौ गाउँपालिकामा रहेका मतदाताको सङ्ख्या सार्वजनिक गरिएको छ । पालिकागत विवरणअनुसार राजविराज नगरपालिकामा सबैभन्दा बढी ४५ हजार ४६ मतदाता कायम रहेका छन् ।

कञ्चनरूप नगरपालिकामा ३७ हजार ८६४, सुरुङ्गा नगरपालिकामा ३२ हजार २३९, हनुमाननगर कङ्कालिनी नगरपालिकामा ३० हजार ५३१, डाक्नेश्वरी नगरपालिकामा ३० हजार ३९६, बोदेबर्साइन नगरपालिकामा ३० हजार ३०
७, शम्भुनाथ नगरपालिकामा २५ हजार ५२, सप्तकोशी नगरपालिकामा १५ हजार ८८८ र खडक नगरपालिकामा ३३ हजार ८४ मतदाता रहेका छन् ।

यसैगरी, अग्निसाइर कृष्णासवरण गाउँपालिकामा २० हजार १२, रुपनी गाउँपालिकामा १९ हजार ७०१, छिन्नमस्ता गाउँपालिकामा १९ हजार ८९६, तिलाठी कोइलाडी गाउँपालिकामा २१ हजार ६३८, महादेवा गाउँपालिकामा १८ हजार ७९१, विष्णुपुर गाउँपालिकामा १६ हजार ६९१, बलानबिहुल गाउँपालिकामा १५ हजार ४७८, तिरहुत गाउँपालिकामा १५ हजार २८६ र राजगढ गाउँपालिकामा १९ हजार ५८४ मतदाता रहेको निर्वाचन प्रमुख कार्कीले जानकारी दिनुभयो ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan