महानिरीक्षक डा.के.सी. र अमेरिकी कार्यवाहक राजदूत बोल्डिनबीच आज शिष्टाचार भेटघाट
काठमाडौं । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक डा. मनोज कुमार के.सी. र नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत (Chargé d'Affaires) मेगन बोल्डिनबीच आज शिष्टाचार भेटघाट सम्पन्न भएको छ ।
भेटवार्ताका क्रममा विपद्बाट प्रभावित अमेरिकी नागरिक तथा नेपाली समुदायप्रति अमेरिकी सरकारको सहयोग निरन्तर रहने प्रतिबद्धता व्यक्त गर्दै कार्यवाहक राजदूत बोल्डिनले विपद्का कारण बेपत्ता भएका अमेरिकी नागरिक तथा अन्य पीडितहरूको खोजी, उद्धार र पहिचानमा नेपाल प्रहरीले पुर्याएको योगदानको प्रशंसा गर्नुभएको छ ।
साथै, उक्त भेटवार्ताका क्रममा विपद् प्रतिकार्य, विपद् पीडित पहिचान (Disaster Victim Identification – DVI) तथा सो क्षेत्रमा प्राविधिक सहयोग उपलब्ध गराउने विषयमा विस्तृत छलफल तथा कुराकानी भएको छ ।
