Monday 23rd of November | २०८३ मङ्सिर ७ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

कमला स्नानका तीर्थयात्रीका लागि विशेष रेल सेवा सञ्चालन हुने

न्यूजअभियान | प्रकाशित मिति : २०८३ मङ्सिर ७ सोमबार | (रासस)

जनकपुर, ७ मङ्सिर : कमला नदीमा पूर्णिमा व्रत तथा कार्तिक स्नान गर्न जाने श्रद्धालु भक्तजनको सुविधाका लागि नेपाल रेल्वे कम्पनीले मङ्सिर ८ गते जयनगर–जनकपुर–भङ्गहा रेलखण्डमा विशेष रेल सेवा सञ्चालन गर्ने भएको छ ।

    नेपाल रेल्वे कम्पनी लिमिटेडको केन्द्रीय कार्यालय जनकपुरधामले सूचना जारी गरी मङ्सिर ८ गते एक दिनका लागि यात्रुको चाप र आवश्यकताअनुसार रेल सेवा सञ्चालन गर्ने व्यवस्था मिलाइएको जनाएको छ ।

    कमला नदीमा स्नान गर्न जाने श्रद्धालुको आवागमन सहज बनाउने उद्देश्यले विशेष रेल सेवा सञ्चालन गर्न लागिएको कम्पनीका प्रबन्ध सञ्चालक परिवेश पराजुलीले जानकारी दिनुभयो ।

    कम्पनीका अनुसार मङ्सिर ९ गतेदेखि भने यसअघि सञ्चालन हुँदै आएको नियमित समयतालिकाअनुसार नै रेल सेवा सञ्चालन हुनेछ । कमला नदीमा पूर्णिमा व्रत तथा कार्तिक स्नानका अवसरमा धनुषा, सिरहासहित विभिन्न जिल्लाबाट ठूलो सङ्ख्यामा श्रद्धालु भक्तजन पुग्ने भएकाले उनीहरूको यात्रालाई सहज बनाउन विशेष रेल सेवा सञ्चालन गर्न लागिएको हो ।

    कम्पनीले सम्बन्धित सबै पक्षलाई विशेष रेल सेवाबारे जानकारी गराउँदै निर्धारित मितिमा सेवा उपयोग गर्न अनुरोध गरेको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan