Monday 23rd of November | २०८३ मङ्सिर ७ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

स्थानीय तहमा भूमि प्रशासन सेवा विस्तार हुँदै

न्यूजअभियान | प्रकाशित मिति : २०८३ मङ्सिर ७ सोमबार |

बनेपा (काभ्रे), ७ मङ्सिरः काभ्रेपलाञ्चोकका थप १० स्थानीय तहमा भूमि प्रशासनसम्बन्धी सेवा सुरु हुने भएको छ । 

आगामी एक महिनाभित्र उक्त सेवा विस्तार गर्न लागिएको हो । यससँगै जिल्लाका १३ वटै स्थानीय तहबाट नागरिकले भूमिसम्बन्धी प्रशासनिक सेवा लिन पाउने छन् । 

भूमि प्रशासन कार्यालयका प्रमुख हरिकृष्ण सुवेदीका अनुसार धुलिखेल, बनेपा, पनौती, पाँचखाल र मण्डनदेउपुर नगरपालिका तथा बेथानचोक, तेमाल, चौँरीदेउराली, खानीखोला र महाभारत गाउँपालिकाबाट उक्त सेवा सञ्चालन हुनेछ ।

जिल्लाको रोशी र भुम्लु गाउँपालिका तथा नमोबुद्ध नगरपालिकाबाट उक्त सेवा सञ्चालन हुँदै आएको छ ।

सेवा सञ्चालनका लागि भूमि प्रशासन कार्यालयले सम्बन्धित स्थानीय तहमा आवश्यक समन्वय र सहजीकरण गर्न ‘सम्पर्क व्यक्ति’ तोकेको छ । 

कार्यालय प्रमुख सुवेदीले सेवा विस्तारका लागि सम्बन्धित स्थानीय तहसँग समन्वय भइरहेको जानकारी दिनुभयो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan